‘नारी उत्थान समाजसेवा पुरस्कार’बाट पौडेल सम्मानित हुँदै

Image
पोखरा – पत्रकार तथा सामाजिक अभियन्ता सुष्मा पौडेलबाट सम्मानित हुने भएकी छिन् । पत्रकारिता , समाजिक अभियान्ता र अधिवक्ताका रुपमा स्थापित पौडेल ‘नारी उत्थान समाजसेवा पुरस्कार’बाट सम्मानित हुने भएकी हुन्। सोमवार एक समारोहबीच नगद ११ हजार १११ र सम्मानपत्र सहित सम्मान गर्न लागिएको हो। नेपाल पत्रकार महासंघका पुर्व केन्द्रीय सदस्य पौडेल साउथ एसियन महिला पत्रकार सञ्जालका गण्डकी अध्यक्ष समेत हुन् । अहिलेसम्म सामाजिक जागरणका लागि महिला अधिकार, सकारात्मक सोच, नेतृत्व विकास ,पत्रकारिता, कानुनतथा उत्प्रेरणामुलक विभिन्न जिल्लामा तालिम सञ्चालन गरिसकेकी पौडेलले दर्जनौं अभियान सञ्चालन गरिसकेकी छिन् । मानवीय सेवा अभियानका संस्थापक पौडेल मानव सेवा आश्रम पोखराकी संस्थापक अभिभावक संयोजक समेत हुन् । पौडेलले विगत दुई दशकदेखि साहित्य पत्रकारिता र समाजसेवामा निरन्तर लागेर बहुआयामिक व्यक्तित्वका रूपमा आफुलाई स्थापित गरेकी छिन्। समूहका संस्थापक सल्लाहकार, छन्दनायक माधव वियोगीको संयोजकत्वमा समूहकी अध्यक्ष जानुका पौडेल,प्रमुख संरक्षक सरिता घिमिरे, अधिवक्ता जानुका शर्मा र उपाध्यक्ष बिमला भुजेल सदस्य रहेको प्रतिभा छनोट समितिले सिफारिस गरेअनुसार सो पुरस्कार प्रथम पटक पौडेललाई प्रदान गर्न लागिएको हो । समाजसेवाका क्षेत्रमा विशिष्ट र प्रभावकारी कार्य गर्ने नारी प्रतिभालाई उत्साह प्रदान गर्ने हेतुले संस्थाले यो वर्षदेखी पुरस्कार सञ्चालन गरेको हो ।
Tags: