‘इनफ इज इनफका ‘ईः’ बालेन प्रशासन विरुद्ध उभिएरै आन्दोलन

Image
तेजस्वी रावल काठमाडौं – ‘बाल बच्चा कसरी पढाउने दुई छाक टार्न गाह्रो भयो’, मानवता,सहानुभूति र जवाफदेहिता नभए यूवा नेतृत्व कसरी फरक भयो ?’ ‘शहर कारका लागि हो कि नागरिकका लागि ?’ ‘कामनपा जवाफ चाहियो,प्रहरी दमन बन्द गर’ । यी आवाज सडक पेटीबाट लखेटिएकाका आवाज काठमाडौं महानगरपालिकाका मेयर बालेन र उनको प्रशासन लक्षित छन् । फुटपाथमा व्यवसाय गर्ने हजारौंको उठिबास लागेपछि न्याय खोज्न एउटा समूह उभिएरै शान्तिपूर्ण आन्दोलनमा छ । गरिब र सीमान्तकृत वर्गलाई फुटपाथबाट उठिबास लगाएको भन्दै सामाजिक अभियन्ता ईः सहितका अभियन्ताहरूले मेयर र उपमेयरको कार्यालय अगाडि उभिएरै ‘भद्र’ प्रदर्शन गरिरहेका छन् । राष्ट्रिय सभागृह अगाडि १२८ घन्टासम्म उभिएर अभियन्ता ईः र उनको समूहले विरोध जनाउने अभियानमा छन्, नसुने अझै लम्ब्याउने उनीहरूको योजना छ । सामाजिक अभियन्ता ईः तिनै व्यक्ति हुन्, जसले कोभिड–१९ महामारीका बेला ‘इनफ् इज इनफ’ अभियान चलाएका थिए ।
Tags: