सबलकर्मी रेग्मीलाई ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार ’

Image
काठमाडौं – प्रेस काउन्सिल नेपालको ५४औं वार्षिक उत्सवका अवसरमा सबलकर्मी दीपा रेग्मी पुरस्कृत तथा सम्मानित भएकी छिन्। काउन्सिलले शनिवार बिहान राष्ट्रपति निवासमा आयोजना गरेको विशेष समारोहकाबीच रेग्मीलाई ‘प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार २०८०’ बाट पुरस्कृत गरिएको हो । राष्ट्रपति रामचन्द्र पौडेलको उपस्थितिमा सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले नगद पुरस्कार सहित प्रमाणपत्र र खादासहित उनलाई सम्मान गरेकी थिइन्। समारोहमा वरिष्ठ पत्रकारहरु धर्मेन्द्र झा, कृष्ण अधिकारी, विजय चालिसे, कुलचन्द्र वाग्ले, गगन विष्ट, राजन कार्की, नरेन्द्रजङ्ग पिटर, राजु सिलवाल, रमेश तुफान, मनमोहन स्वाँर, रविन्द्र घिमिरे, केदार भट्टराई, मोती पौडेल, रमेश पौडेल, उदय जिएम र राजकुमार कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले सम्मान गएका थिए । यो वर्षको प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार पत्रकार निर्मला शर्मालाई तथा प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार पत्रकार दमन राईलाई प्रदान गरिएको छ । कार्यक्रममा सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पुरस्कार पत्रकारद्वय सागर पण्डित र चूँडामणि भट्टराईलाई तथा प्रेस काउन्सिल आचारसंहिता पुरस्कार चेष्टा साप्ताहिक, राममणि दाहाल र माधवसिंह धामीलाई प्रदान गरेकी थिइन् । प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार १६ जना पत्रकारलाई दिइएको छ । पत्रकारहरू विमल ज्ञवाली, जीवन भण्डारी, शङ्कर रोक्का, श्यामदत्त भट्ट, रामकला खड्का, ताराचन्द्र देवकोटा, भीष्मराज ओझा, माधव बस्नेत, रामकृष्ण अधिकारी, चाँदनी आचार्य, दामोदर न्यौपाने, मणिराज (मोहन) बाँस्तोला, रमेश गिरी, रमेश शाही, प्रेमकुमार आचार्य र वीरेन्द्र रमणले प्राप्त गरेका छन् । सरकारका प्रवक्ता शर्माले पाण्डव शर्मा, मिन ठकुरी, वीरेन्द्र केसी, सञ्जीव घिमिरे, कृष्ण ओली, दीपा रेग्मी, मदन कोइराला, सुवास पण्डित, युवराज खड्का, नरेन्द्रसिंह कार्की, अमृतप्रसाद पौडेल, विनोदकुमार मल्ल, भानुभक्त निरौला, हरि भण्डारी, विजय रावत, जगदिश्वर पाण्डे, राजु लामिछाने, इन्द्र विवस डिसी र ओमकार आचार्यलाई प्रेस काउन्सिल युवा पत्रकारिता प्रदान गरेकी थिइन्। प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार पत्रकार पवित्रा सुनार, भवानी अधिकारी, तारा चापागाईं, दुर्गा आचार्य, रुपा घिमिरे र गगनशीला खड्कालाई दिइएको छ । प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार सन्तोष सिंह, मनकुमार गदाल, शर्मिला बुढाथोकी, रितेश त्रिपाठी, रजनी योगी, विनोद परियार, फिरोज सिद्दिकीले प्राप्त गरेका छन्। प्रेस काउन्सिल विधागत पत्रकारिता पुरस्कार केशव थोकर र नेमिश गौतमलाई दिइएको छ । प्रेस काउन्सिल साहित्यिक पुरस्कार हिमाल गुराँस द्वैमासिकका खिमानन्द पोखरेलले पाएका छन् भने प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार मैथली भाषाका आँजुर द्वैमासिकका सम्पादक रामभरोष काँपडीलाई प्रदान गरिएको छ ।
Tags: