द्रुत बस सेवा सञ्चालनमा छुट्टै लेन (फोटो फिचर)

Image
तेजस्वी रावल काठमाडौं – असोज ३ गतेदेखि सूर्यबिनायक रत्नपार्क द्रुत बस सेवा शुरू भएको छ। बिहान ९ देखि ११ र बेलुका ४ देखि ६ बजेसम्म चल्ने द्रुत सेवाको नयाँ नियमको सुचारु भएसंगै त्यो बस चल्ने लेनमा तोकिएको समयमा अरु कुनै सवारी साधन (बस, कार, मोटरसाइकल, ट्रक) चलाउन पाइने छैन। सो लेनमा रातो रंग पोतिएको छ भने सोहि लेनमा चल्ने बसको अगाडि हाल द्रुत बस सेवा लेखिएको छ। यस्तो सुबिधा प्रधान गर्ने बसहरुलाई भने एम्बुलेन्स सरहको सुविधा उपलब्ध गराइएको बताइएको छ। यो द्रुत बसलाई ट्राफिक लाइटको चोकमा हुने ट्राफिकले प्राथमिकता दिएर अगाडी जान दिनेछन् जसले गर्दा अन्य गाडी जसरी रोकिएर बस्न पर्दैन ।
Tags: