नक्साल शक्ति ‘फेस्टिभल एक्स्पो’ - उठेको रकम छात्रामैत्री शौचालय र सूचनाको हक प्रवद्र्धनमा खर्चन्छौं : प्रेसिडेन्ट अर्याल

Image
रोटरी क्लब अफ नक्साल शक्तिले सेप्टेम्बर २९ र ३० (असोज १२ र १३) मा ‘फेस्टिभल एक्स्पो’ गर्दैछ । काठमाडौंको कालिकास्थानमा रहेको ‘अमृतभोग ब्याङ्केट’मा हुने उक्त एक्स्पो नक्साल शक्तिको दोस्रो एक्स्पो हो। गतवर्ष पनि क्लबले एक्स्पो गरेको थियो। नेपाली उत्पादन र व्यवसाय प्रवद्र्धन गर्ने लक्ष्य राखिएको यो एक्स्पोबाट अवलोकनकर्ताले पनि लाभ लिने आयोजकको अपेक्षा छ । एक्स्पोको तयारी कसरी अगाडि बढेको छ? एक्स्पोको उद्देश्य, विशेषता लगायतका सन्दर्भमा सबल नेपालसँग क्लबका चार्टर प्रेसिडेन्ट डा.लुना शर्मा अर्यालले कुराकानी गरेकी छिन्। कुराकानीको सम्पादित अंश : ‘फेस्टिभल एक्स्पो’ गर्दै हुनुहुन्छ यसको उद्देश्य के निर्धारण गर्नुभएको छ ? रोटरी इन्टरनेशनल डिष्ट्रिक्ट ३२९२ ले महिलामैत्री शौचालय निर्माणको लक्ष्य लिएको छ । अत्याधुनिक मापदण्ड अनुसारको शौचालय बनाउनको लागि केही खर्चिलो पनि छ । डिस्ट्रिक्ट माताहतका सदस्य क्लबलाई पनि शौचालय निर्माणमा योगदान दिन आग्रह गिरएकाे छ। हामीले सदस्यहरूबाट केही रकम जम्मा पनि गरेका छौं तर त्यो रकम प्रयाप्त नहुने भएपछि एक्स्पो गरेर फण्ड रेइज गर्दैछौं । शैचालय नेपालका दुर्गम भेकका विद्यालय जहाँ शौचालयको सुविधा छैन र जसको कारण छात्राहरू आफूलाई स्वास्थ्यका दृष्टिले असुरक्षित महसुस गर्दैछन् , हामीले त्यस्तो ठाउँमा सहयोग गर्दैछौं । शौचालय निर्माणबाट बचेको रकमलाई समुदायस्तरमा गएर सूचनाको हकसम्बन्धी कार्यक्रम गर्दैछौं । जुन कार्यक्रम पनि नेपालका दुर्गम ठाउँमा घरेलु हिंसा र कानूनी अधिकारका सन्दर्भमा सहयोग पुग्ने गरी काम गर्छौं । त्यस्तै पोस्ट कोभिड लर्निङ सपोर्टमा पनि एक्स्पोबाट उठेको रकम खर्चिने हाम्रो योजना छ। एक्स्पोबाट कति फण्ड रेइज हुने सम्भावना छ ? हामीले गतवर्ष स्टल र स्पोन्सरबाट एकदमै कम शुल्क लिएका थियौं । जसको कारण धेरै फण्ड रेइज हुन सकेन । अहिले स्टलको शुल्क अलि बढाएका छौं। २५ ओटा स्टल बुकिङ भइसकेका छन्, बाँकी स्टल पनि आउने हाम्रो अपेक्षा छ। प्रर्दशनीको लागि ९ ओटा बैंकसँग हामी स्पोन्सरको लागि आग्रह गरेका छौं । यसरी यति नै कलेक्सन हुन्छ भन्ने नभए पनि गत वर्षभन्दा धेरै फण्ड रेइज गर्छौं, जसबाट हामीले योजना गरेका कार्यक्रम गर्नको लागि सहज हुने हाम्रो अपेक्षा छ। कस्ता कस्ता स्टल रहन्छन् एक्स्पोमा ? हामीले एक्स्पोमा सबैखालमा उत्पादन र सेवाको लागि अवसर दिएका छौं । विशेष गरी मेडिकल इक्वीपमेन्ट, विभिन्न स्वास्थ्य जाँच तथा सेवा, फर्निचर, कार्पेटिङ, पेय पदार्थ, खानाका स्टल लगायत रहने छन्। गतवर्ष ह्याण्डीक्राफ्ट र उद्यम केन्द्रित हुनुहुन्थ्यो, अहिले किन फरक ? गतवर्ष हामीले ह्याण्डी क्राफ्ट, नेपाली उद्यम, उत्पादन तथा नेपाली मौलिकतामा मा केन्द्रित थियौं। अहिले यीसँगैसँगै हाइटेक इक्वीपमेन्ट पनि छ। गतवर्षका एक्स्पोमा पनि अवलोकनकर्ताको आकर्षण थियो नै यस पटक थप स्टल र वस्तस तथा सेवा राख्दा विविधता पनि देखिने र कुनै न कुनै किसिमले अर्थतन्त्र चलायमान गराउनको लागि थप सहयोग पुग्ने भएर नै थपेका हौं । मनोरञ्जनका क्रियाकलाप पनि हुन्छ ? गतवर्ष हामीले मनोरञ्जनका कार्यक्रम राखेका थियौं तर सबै मनोरञ्जनमा केन्द्रित हुने स्टलमा नपुग्ने गरेको गुनासो आयो, त्यो भएपछि अहिले हामीले अवलोकनकर्ताले फाइदा उठाउने गरी निशुल्क स्वास्थ्य जाँच लगायतका क्रियाकलापमा जोड दिएका छौं। स्टलमा लक्षित अवलोकनकर्ता के हो ? रोटरी क्लब आयोजक भएको कारण मुख्यगरी रोटरीयनहरू नै लक्षित अवलोकनकर्ता हो। हामीले विभिन्न क्लबलाई आमन्त्रण गरेका छौं। त्यस्तै रोटर्याक्ट, इन्टर्याक्ट, स्पोन्सर बैंकर्स, विभिन्न कर्पोरेट कम्पनी, हाम्रो व्यक्तिगत सम्बन्धका आधारमा आमन्त्रण गरेका महानुभाव नै अवलोकनकर्ताको रूपमा रहनु हुन्छ। दोस्रो पटक एक्स्पो गरिरहँदा गतवर्षको सिकाई के रह्यो, के के मा सुधार गर्नुभएको छ ? पक्कै पनि हामीलाई गतवर्षको एक्स्पोले धेरै कुरा सिकायो । स्टल व्यवस्थापन, अन्य योजना, एक्स्पोका स्टलमा समेट्नु पर्ने वस्तु तथा सेवा, अवलोकनकर्तासँगको समन्वय, डिजिटल्ली मार्केटिङको प्रभावकारी प्रयोग लगायतमा ध्यान दिन अघिल्लो एक्स्पोले सहयोग पुगेको छ। अहिले एक्स्पोलाई व्यवस्थित गर्न इभेन्ट म्यानेजमेन्टलाई समेत हायर गरेका छौं । यस पटकको एक्स्पो गतवर्ष भन्दा हरेक दृष्टिले उत्तम हुन्छ भन्न सकिन्छ । कस्ता कस्ता चुनौती महसुस गर्नुभएको छ ? गतवर्ष हामीले पूर्व तयारी राम्रो नहुँदा नहुँदै पनि हामीले प्रभावकारी ढंगले एक्स्पो गरेका थियौं, हामीले अहिले गतवर्षको सफलताले पनि हौसाएको छ, किनकी गतवर्षभन्दा थप इफोर्ट लगायो भने अझै धेरै सफलता हासिल गर्न सकिन्छ भन्ने हामीलाई लागेको छ। अहिलेको एक्स्पो दशैं लक्षित पनि हो। यसमा चुनौती भन्दा पनि समुदायलाई योगदान पुर्याउँदै क्लबको पहिचान विस्तारलाई पनि यसले सहयोग पुराउने कुरामा हामी आशावादी छौं ।
Tags: