अर्थतन्त्र चलायमान हुँदैछ, यसको प्रभाव विस्तारै देखापर्छ

Image
डा. प्रकाशशरण महत (अर्थमन्त्री) ।
अब अर्थतन्त्रमा रिर्सोस छ, यो चलायमान हुँदा आर्थिक गतिविधि बढ्छ, आर्थिक गतिविधि बढ्दा रोजगारी पनि बढ्छ । राजस्वमा परेको दबाब अन्त्य हुन्छ । राजश्वमा दबाब कम भयो भने अपेक्षाअनुसारको लगानी बढ्छ ।
अर्थतन्त्रमा चलाइएको नकारात्मक कुचक्रलाई सुचक्रमा बद्ल्न निक्षेप तथा कर्जा सुरक्षा कोर्षले महत्वपूर्ण भूमिका खेल्न सक्छ । यसका लागि निजी क्षेत्रले पनि सकारात्मक भाइभ फैलाउनुपर्छ । अर्थतन्त्रमा समस्या छन्, तर ती समस्या विस्तारै कम हुँदै गएको छ। समस्या सम्बोधनका लागि सरकारले फेसिलेट गर्ने काममा कमी हुन दिने छैन । सरकारले अप्ठ्यारा हटाउँदै जानेछ, कतिपय हटिसकेका छन् घटिसकेका छन् । पर्यटक आगमन बढिरहेको छ । विदेशी मुद्रा सञ्चिति, विप्रेषण प्रवाह बढिरहेको छ । अर्थतन्त्रमा रिर्सोस आइरहेको छ, तर चलायमान भएको छैन हातमा परेको पैसा कहाँ के गर्ने भन्ने असुरक्षाका कुरा व्यापक प्रवाह भइरहेको छ । खत्तम छ अर्थतन्त्र, अहिले खर्च गर्न ठीक समय होइन, लगानी नगरौं । बैंकहरुले लगानी नगरुन, पैसा थुपारुन, राखून भन्ने जुन नकरात्मक सर्कुलर छ, त्यसलाई हामीले अन्त्य गर्नुपर्छ । अब अर्थतन्त्रमा रिर्सोस छ, यो चलायमान हुँदा आर्थिक गतिविधि बढ्छ, आर्थिक गतिविधि बढ्दा रोजगारी पनि बढ्छ । राजस्वमा परेको दबाब अन्त्य हुन्छ । राजश्वमा दबाब कम भयो भने अपेक्षाअनुसारको लगानी बढ्छ । ४ करोड १८ लाख निक्षेप खातामा रहेको १२ खर्ब ८८ अर्ब रकमको सुरक्षा प्रदान गरिरहेको छ । करिब १७ लाख ऋणीलाई कोषले सुरक्षा दिइरहेको छ। यसको पहुँच विस्तार भइरहेको छ । साना उद्यमीदेखि आम निक्षेपकर्तालाई सुरक्षा प्रदान गरेको छ । लघु वित्त तथा विपन्न वर्ग कर्जा सुरक्षण, कृषि कर्जा सुरक्षणजस्ता कर्जा सुरक्षणको बैंक तथा वित्तीय संस्थालाई दुरदराजमा रहेका निम्न वर्गको पहुँचमा यसले कार्य क्षेत्र विस्तार गरेको छ ।
सरकारले विभिन्न समयमा ल्याएको कृषि अगुवा सुचना, वैदेशिक रोजगार, स्टार्टअप रोजगार जस्ता कार्यक्रमलाई यसले सेवा विस्तार गरेको छ ।
सरकारले विभिन्न समयमा ल्याएको कृषि अगुवा सुचना, वैदेशिक रोजगार, स्टार्टअप रोजगार जस्ता कार्यक्रमलाई यसले सेवा विस्तार गरेको छ । जब हामी लगानी गछौं, अवश्य पनि जोखिमपूर्ण हुन्छ । त्यो जोखिमलाई न्यून गर्ने विभिन्न तरिका त्यसमा कर्जा सुरक्षा कोषको भूमिका महत्वपूर्ण हुन्छ । साना उद्यमी व्यवसायीको जोखिम जति न्यून गर्न सकियो, त्यत्ति धेरै अर्थतन्त्र चलायमान हुन्छ, रोजगारी सृजना गर्छ । साना साना कर्जा प्रवाह हुन्छ, साना साना उद्योग स्थापना हुन्छ । त्यसले ज्यादा रोजगारी सिर्जना हुन्छ । साना धेरै छरिएर रहेका व्यवसायले धेरै रोजगारी सृजना गर्छ । यो रोजगारी आम सर्वसाधारणले प्राप्त गर्छन् । यो परिवर्तनको समय हो, प्रविधिको नयाँ नयाँ विकास भइरहेको छ । डिजिटल एकाउन्टिङको हामीले कुरा गरिरहेका छौं । आईटीमा जुन क्रान्ति आएको छ, त्यसले ट्रानजेक्सनको कस्ट घटाएको छ । यसलाई हामीले ग्रहण गर्न जरुरी छ । कर्जा सुरक्षा कोषले यो काममा अग्रणी भूमिका खेल्ने छ । यसले उच्च व्यवसायिकताका आधारमा काम गर्छ भन्ने सरकारले विश्वास लिएको छ । यसको सेवा विस्तार हुनुपर्यो । (निक्षेप तथा कर्जा सुरक्षा कोषको कार्यक्रममा व्यक्त विचार)
Tags: