रिलायन्स फाइनान्स आफ्नै भवनमा

Image
काठमाडौं – रिलायन्स फाइनान्स आफ्नै भवनमा सरेको छ। संस्था काठमाडौं महानगरपालिका–१ कमलादीमा केन्द्रीय कार्यालयमा सरेको हो। २०६६ मंसिर १० गते नेपाल राष्ट्र बैकबाट ‘ग’ वर्गको वित्तीय कारोबारको अनुमति पाएको संस्थाले २०६६ मंसिर १८ बाट कारोबार शुरू गरेको थियो। संस्थाले २१ वटा शाखा कार्यालयबाट सेवा दिँदै आएको छ। काठमाडौँ उपत्यकामा न्यूरोड, सितापाईला, इमाडोल शाखाबाट सेवा दिँदै आएको छ। यस्तै उपत्यका बाहिर नारायणघाट चितवन, महेन्द्रपुल पोखरा, वेशीशहर लमजुङ्ग, बनेपा काभ्रेपलाञ्चोक, आरुघाट गोरखा, चारआली झापामा, गोरखा बजार गोरखा, भैरहवा रूपन्देही, मणिग्राम रूपन्देही, बुटवल रूपन्देही, धनगढी कैलाली, महेन्द्रनगर कन्चनपुर, कोहलपुर बाँके, अत्तरीया कैलाली, दमक झापा, विर्तामोड झापा, धुलाबारी झापा, र टाँडी चितवनमा शाखा विस्तार गरेको छ। संस्थाले निक्षेप तथा कर्जाका अतिरिक्त सेवाग्राहीहरुलाई ईसेवा, एससीटी नेटवर्कको एटीएम, विभिन्न रेमिटेन्स सेवाहरु, सीआस्बा, आईपीएस, कनेक्ट आइपीएस सेवा, एबीबीएस सेवा, ईसीसी, एसएमएस बैंकिङ, मोबाइल बैंकिङ, एससीटी मोकोसमेतका सेवा प्रदान गर्दै आएको छ।
Tags: