खुला फुटबल रनिङ कप रिघालाई

Image
सुरेश छन्त्याल /बागलुङ गलकोट नगरपालिका–११ रिघामा ‘उदय रिघा बुद्ध विहार खुला फुटबल रनिङ कप तथा खुला तीज गीत प्रतियोगिता’ सम्पन्न भएको छ। कार्यक्रमको उट्घाटन गर्दै गलकोट नगरपालिका–११ का अध्यक्ष डम्बर श्रीसले खेलाडी राष्ट्रको गहना भएको भन्दै समग्र खेलाडीलाई राष्ट्रले प्राथमिकता दिनुपर्ने बताए। ‘खेलमा हार जित हुन्छ त्यसैले विजेता टिमलाई सफलता शुभकामनासँगै उपविजेता टिमलाई आगामी दिनको लागि सफलताको शुभकामना दिन्छु,’ उनले भने। ‘संस्कृतिको संरक्षण र सम्वद्र्धनमा युवाको एकता, धर्म पोखरी युवा समाजको अग्रता’ भन्ने मुल नाराका साथ नेपाली नारीहरूको पर्व हरितालिका तीजको अवसरमा धर्म पोखरी युवा समाज रिघाद्धारा आयोजित उक्त प्रतियोगिता उदय रिघा बुद्ध विहारको पर्यटन तथा प्रचारप्रसारका गरिएको बताइएको छ। असोज १ देखि सुरु भएको फुटबल प्रतियोगिताका आयोजक टिम ‘ए’ प्रथम सुखौरा बागलुङ दोस्रो भएका छन्। त्यस्तै खुल्ला तीज गीत प्रतियोगितामा प्रथम संस्कृति संरक्षण मञ्च काडेबास, दोस्रो धर्म पोखरी टिम ‘ए’ रिघा, तेस्रो पाण्डबखानी भएको छन् । क्लबका अध्यक्ष दिनेश श्रीसको अध्यक्षता गलकोट नगरपालिका ११ अध्यक्ष डम्बर श्रीसको प्रमुख आतिथ्यतामा भएको प्रतियोगिता जनक जिसिको स्वागत संगै मनोज पुनको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो।
Tags: