डिसहोमको ‘कनेक्सनको दोब्बर उत्सव’ अफर

Image
काठमाडौं – डिसहोम फाइबरनेटको ‘कनेक्सनको दोब्बर उत्सव’ सार्वजनिक भएको छ। चाडपर्वको मौसममा डिसहोम फाइबरनेटको नयाँ कनेक्सन लिने ग्राहकले एक दाममा डबल ब्यान्डविथ अथवा ५० एमबीपीएसको पैसा तिर्दा १०० एमबीपीएसको ब्यान्डविथ पाउनेछन्। यो अफरअन्तर्गत हाम्रा ग्राहकहरूले सुलभ मूल्यमा डिसहोम फाइबरनेटको उच्च गति र उत्कृष्ठ सेवाको अनुभव लिन पाउने कम्पनीले विश्वास लिएको छ। नेपालको सबैभन्दा छिटो, भरपर्दोे र विश्वसनीय सेवा प्रदान गर्नको लागि कम्पनी सधै तत्पर रहेको जनाएको छ। ग्राहकहरूले आफ्नो बजेट अनुसारको इन्टरनेट र टिभी प्याकेज छानी–छानी लिन पाउने र अन्य सेवा प्रदायकको भन्दा छिटो छरितो र उत्कृष्ठ ग्राहकसेवाका कारण पछिल्लो समय डिसहोम फाइबरनेट लोकप्रिय इन्टरनेट सेवा प्रदायक बन्न सफल भएको कम्पनीले जानकारी दिएको छ। डिसहोम फाइबरनेटको जडान तथा अन्य सेवाहरू नजिकैको डिलर दाइ अथवा हाम्रो ग्राहक सेवा केन्द्रको फोन नं ०१– ५९७०३६५ मा फोन गरेर लिन सकिने बताइएको छ।
Tags: