‘शेयर बजारमा साना ठूला लगानीकर्ता भन्ने हुँदैन’

Image

छविलाल अधिकारी संस्थापक कलश स्टक मार्केट शेयर बजारका सन्दर्भका अहिले धेरै खालका क्रिया, प्रतिकृया सुन्नमा पाइन्छ । शेयर बजार खस्किएको भन्दै धेरैमा निरासाको अवस्था पनि छ । लगानी के हुन्छ र अब लगानी गर्ने कि नगर्ने भन्नेमा अन्यौलता पनि कायमै छ । पछिल्लो पटक सरकारले नयाँ शेयर ब्रोकर (दलाल) को नयाँ अनुमति पनि दिएको छ । यसैमध्ये पर्छ ‘कलश स्टक मार्केट प्रा.लि’ जसले ब्रोकर नं ७४ रहेको छ । कलशका संस्थापक मध्येका एक छविलाल अधिकारी शेयर बजारलाई सरकार लगायत नियामक निकायले अनावश्यक गिजोल्न प्रयास गरेको र स्वतन्त्र रुपले चल्न नदिएको बताउँछन् । सबल नेपालसँगको कुराकानीमा उनले शेयर बजार बिस्तारै सुधार हुँदै जाने र शेयर बजारमा आउनेले बझेर मात्र लगानी गर्नुपर्ने बताउँछन् । प्रस्तुत छ, अधिकारीसँगको कुारकानीको सारांश : तपाईं शेयर मार्केटमा कहिलेदेखि जोडिनु भएको हो, पहिले र अहिलेमा के फरक पाउनुभएको छ ? २०५९÷६० देखि शेयर मार्केटमा जोडिएको हुँ । उतिबेला कागजी प्रक्रियामा काम हुन्थ्यो, अहिले अनलाइन माध्यमबाट शेयरको खरीद विक्री हुन्छ, धेरै फरक छ । पहिले र अहिलेमा । अहिले शेयर बजारमा आएको उतारचढावलाई कसरी हेर्नुभएको छ ? शेयर मार्केटलाई मैले बुझे अनुसार एक पटक तल झरेपछि माथि गएको पाइन्छ । दीर्घकालिन रुपमा यो ठिक पनि हो तर अहिले नियामकले अफ्ठ्यारोमा पार्दा गाह्रो भएको छ । पछिलो खुकुलो बनाउला फरक कुरा अहिले धेरै तिरबाट च्याप्दै गएको अवस्था छ । अहिलेको जस्तो अवस्था पहिले थिएन भन्न मिल्छ ? कम्पनी अनुसार हेर्दा त्यति धेरै खस्किएको भन्न पनि मिल्दैन, कुनैबेला हाइड्रोहरू ४० भन्दा तल थियो। विकास बैंक १००–१५० मा थियो त कति सयभन्दा पनि तल झरेको थियो तर अहिले त्यो अवस्था त छैन। तर पनि रिटर्न नहुँदा गाह्रो परेको हो। नयाँ लगानीकर्ताले के कुरामा ध्यान दिनुपर्छ ? शेयर बजारमा कारोबारको हिसाब हुन्छ। सट्टाबाजी गर्नु हुँदैन भने पनि यो जुवा जस्तै नै हो। आज नकिनेर भोलि बढ्यो भने आहा किनेको भए हुने भन्ने हुन्छ। बजारमा कारोबारी सक्रिय हुन्छन् नै तर मुख्य कुरा नयाँ लगानीकर्ताले रिटर्न हेर्नुपर्छ। गुमाउनुभन्दा नकमाउनु राम्रो, आइडिया छैन भने यस्तो अवस्थामा धेरै हौसिन हुँदैन। धेरै कमाउछु भन्दा धेरै गुम्यो भने गाह्रो हुन्छ। अर्थतन्त्र कमजोर भएको कारण शेयर बजारमा असर देखिएको हो? अर्थतन्त्र विगर्दा शेयर बजार नबिग्रननी सक्छ। सबैतिर बिग्रँदा शेयर बजार सुधारिएको श्रीलंककाको उदाहरण काफी छ। हाम्रोमा पनि लकडाउनको बेलामा पनि बजार बढेको अवस्था थियो। आर्थिक क्रियाकलाप सबैतिर ठप्प भएपछि शेयर बजारमा लगानी बढाउन थालिन्छ। रिटर्नको अवस्थामा सुधार हुनुपर्यो, नत्र त्यति गाह्रो पनि छैन, कर्जा पाएको छ। पैसाको फ्लो पनि छ। अहिले ब्रोकरको संख्या बढेको छ, यो आवश्यक हो ? आवश्यकता हुने नहुने कुरा समयले बताउने कुरा हो तर सिमित ब्रोकरले कार्टेलिङ गरेकै हुन्। पुरना नै चल्न गाह्रो भएको अवस्थामा नयाँलाई टिक्न त गाह्रो छ नै बजार सुधार हुँदै जाँदा यसको आवश्यकताको पनि पुष्टि हुँदै जाला । शेयर बजार केही ठूला लगानीकर्ताले प्रभाव पारिरहेका छन् भनिन्छ नि ? सरकार तथा राष्ट्र बैंककले नीतिमा सुधार ल्याउनुपर्छ । राष्ट्र बैंकले साना र ठूला लगानीकर्ता भनेर छुट्याई दियो योनै गलत हो । लगानीकर्ता साना भन्ने नै हुँदैनन् । अहिले साना भनेका बढ्छ कि भनेर च्याँखे थाप्न बसेका मात्र हुन् । सानाले एक करोड, ५० लाख ल्याएर बजार कसरी घटबढ हुन्छ ? शेयर बजारमा लगानी त ठूलो रकममा गर्ने हो र धेरै लगानी गर्न सक्नेले प्रभाव पार्ने हो । त्यो स्वाभाविक पनि हो । साँच्चै भन्दा राष्ट्र बैंककले शेयर बजारको कारोबारलाई सकारात्मक रुपमा हेरेको छैन, जुवाघर हो र यसमा विकृति मात्र छन् भन्ने बुझाई भएको छ । नीति कस्तो आवश्यक छ ? बजार सधै बढ्नुपर्छ भन्ने होइन घट्नु पनि पर्छ । तर बजारलाई छेक्ने,रोक्ने, दवाउने, निमोठ्ने काम हुनुहुन्न । राष्ट्र बैंकले त्यही गरेको छ । जस्तो पैसाको फ्लो रकेको छ, साना र ठूला लगानीकर्ता भनेर जुधाएको छ, लघुवित्तमाथि हस्ताक्षेप भयो, राष्ट्र बैंक कामको बैधानिकता नहेरेर किन धेरै कमाइस् भन्ने तिर गएको छ । कमाउन त रोकेको छ, भएको बाँढ्नबाट पनि रोकेको छ ।      

Tags: