एलजीको शोरुम अपग्रेड पश्चात् पुनः शुभारम्भ

Image
काठमाडौं – चौधरी ग्रुपअन्तर्गत मिनभवनमा रहेको एलजी ब्रान्डको आफ्नै शोरुम अपग्रेड पश्चात् पुनः शुभारम्भ भएको छ । नयाँ र आधुनिक डिजाइनमा खोलिएको यस शोरुममा एलजी ब्रान्डका घरायसी विद्युतीय सामाग्रीहरू उपलब्ध छन् । राजधानीको मुख्य व्यापारिक केन्द्र मिनभवनको गोरखा कम्प्लेक्समा अवस्थित यस शोरुम २००५ मा स्थापित एलजी ब्रान्डको पहिलो शोरुम हो । ग्राहक वर्गहरुले दक्ष र अनुभवी प्रतिनिधिहरुबाट यहाँ भएका विद्युतीय सामाग्रीहरूबारे जानकारी पनि लिन सक्नेछन् । यो शोरुम हप्ताको सातै दिन बिहान १० बजे देखि बेलुका ७ः३० बजेसम्म खुल्ला रहनेछ । एलजी शोरुममा रिओपनिङ्गको अवसरमा विशेष छुटका साथै, फ्रीगिफ्ट, शून्य प्रतिशत किस्ताबन्दी र एक्सचेन्ज अफरको पनि सुविधा रहेको छ ।
Tags: