होन्डाको ‘एलिभेट’ विभिन्न भेरियन्टमा सार्वजनिक

Image
काठमाडौं– नेपालका लागि होण्डा कारको आधिकारिक वितरक स्याकार ट्रेडिङ कम्पनी प्रालिले नयाँ होण्डा एलिभेट सार्वजनिक गरेको छ । सार्वजनिकको अवरसरमा कम्पनीले पहिलो १० ग्राहकका लागि नगद छूट दिने बताएको छ । त्यस्तै ग्राहकले थप रू. ७५ हजार छूट साथै निःशुल्क सेवासहितको अफर पनि पाउने छन् । एलिभेटमा मनमोहक डिजाइन र उन्नत प्रविधिको मिश्रण रहेको बताइएको छ । आकर्षक लुक्सदेखिे नवीन सुविधासम्मले ग्राहक माझ फरक छबि स्थापित गर्ने कम्पनीको दाबी छ । एलिभेटमा विशिष्ट फ्रन्ट ग्रिल र अत्यधिक देखिने एलईडी प्रोजेक्टर हेडल्याम्पद्वारा हाइलाइट गरिएको डिजाइन रहेको बताइएको छ । १.५ लिटर पेट्रोल इन्जिनमा उपलब्ध एलिभेटकोे मूल्य५६ लाख ३५ हजार रुपैयाँदेखि शुरू रहेको बताइएको छ । यसको फरक फरक भेरियन्टमा ८० लाख रुपैयाँसम्म मूल्य कायम गरिएको बताइएको छ ।
Tags: