कुमारको उडान : ट्याक्सी चालक हुँदै दुबईमा उद्यम र समाजसेवा

Image
दीपा रेग्मी  । एनआरएनए नेपाल एशोसियशन युइईका सचिव कुमार श्रेष्ठ, दुबईबाट उद्धार गरिएकी एक चेलीसहित काठमाडौंमा उत्रिएका थिए। काठमाडौंबाट ४ घण्टामा पुगिने दुबई उनको कर्म थलो हो । कर्म थलो मात्र होइन उनले हुर्काएको समाजसेवाको उद्गम थलो पनि हो । सबल नेपालको कार्यालयमा आइपुग्दा पनि उनको व्यवस्ता उत्तिकै थियो।एनआरएनए नेपाल एशोसियशन युइईको सोसल मिडिया ग्रुपमा ‘रेस्पोन्स’ गर्दै गरेका उनले भने, ‘परदेशको ठाउँ साँच्चै धेरै नेपाली अफ्ठ्यारोमा पर्छन, सबै आआफ्नो काममा व्यस्त हुनुपर्छ, यसरी नै अपडेट हुँदै आएका छौं।’
उनले युरोपीयन युनियनमा काम गर्दा पनि मासिक ४० हजार कमाउँथे, त्यो तलब त्यो समयको लागि आकर्षक नै हो। तर उनले सोचे ‘यो तलब बढेर यहाँ ८० हजार पुग्ला जसले मलाई पछि गएर घर चलाउन पनि मुस्किल पर्छ।
सिन्धुपाल्चोक चौतारा साँगाचोक गढी नगरपालिकाका कुमार पछिल्ला १५ वर्षदेखि दुबईमा बस्दै आएका छन्। सन् २००८ देखि दुबईका बस्दै आएका उनले २०५९ सालमा एसएलसी पास गरेर काठमाडौंमा आएका थिए। उनले अध्ययनका लागि सिन्धुपाल्चोकबाट काठमाडौं छिरेका थिए। क्लेज पढ्न आएका उनी काठमाडौंमा ट्याक्सी चालक बने। ‘काठमाडौं आएपछि मेरो सम्पर्क धेरै ट्याक्सी चालकहरूसँग भयो, जसको कारण मैले कलेज नपढेर ट्याक्सी चलाउन थालें, ’ उनले भने। उनी अरुभन्दा केही चलाख पनि थिए। भाडाको ट्याक्सी चलाउन छाडेर नाम चलेका होटलदेखि यूरोपीयन युनियनसम्मको गाडी चलाउने मौका पाए । ‘यूरोपीयन यूनियनमा गाडी चलाउन पाउनुु मेरो लागि ठूलो अवसर थियो मलाई सबै कुराहरू हेरेर राम्रो मानेरै छनोट गर्ने काम गरिएको हो, त्यहाँ पनि ।’ त्याहाँ काम गरेको एक वर्ष भएको थियो, उनले दुबईमा बस ड्राइभरको लागि सूचना आह्वान गरेको देखे। उनले त्यसमा आवेदन दिए, सबै प्रकृया पूरा गरेर छनौट पनि भए तर उमेर २६ वर्ष मात्र भएको कारण जान नपाइने भयो। उमेर कम्तीमा २८ वर्ष पुग्नुपर्ने रहेछ । ‘अर्को पटक ट्याक्सी ड्राइभरका लागि आवेदन दिएर म दुबई पुगें । सन् २००८ अक्टुबर १ मा घटास्थापनाको दिन म सहित २२ जना दुबईको लागि उडेका थियौं,’ उनी सम्झन्छन् । दशैंको समय, पहिलो पटक देश छाडेको मन भारी थियो तर पनि उनले देश छाडे । त्यहाँ पुगेर उनले ४ महिना हामीले तालिम लिए । ४ महिनाको तालिममा लिनेमा उनीसहित २२ नेपाली थिए तर २ जनाले मात्र तोकिएको समयमा तालिम पूरा गरे। ‘तालिम छिट्टै पूरा गरेको कारण म पैसा पनि अगाडि देखि नै कमाउन थालें । हामीसँग गएका साथीहरू मध्ये कति जनाले १० महिना सम्म लाग्यो तालिम पूरा गर्न , कति समय त म साथीहरूलाई त्यो समयमा कमाएर खाना खुवाउने काम पनि गरेको छु,’ उनले भने।
उनी भन्छन्, ‘अर्को फाइदा पनि थियो, अहिलेजस्तो नीति, नियम कडा थिएन, प्रविधिको विकास पनि अहिलेको जस्तो थिएन। त्यो समयमा जीपीएस समेत थिएन, जहाँ गएर काम गर्दा पनि ट्रयाक गर्न सक्ने अवस्था थिएन । दुबईका कामदारले १२–१५ सय कमाउँथे तर हामीले ७–८ हजारसम्म कमाउँथ्यौं । यही धेरै कमाउने अवसरले नै मलाई साढे १२ वर्षसम्म तान्यो ।’
युएईमा बस,ट्याक्सी सबै अर्ध सरकारी व्यवस्थापनमा हुन्छ, उनले दुबईमा साढे १२ वर्ष ट्याक्सी चलाए। दुबईको विकास पनि सुस्त नै थियो , ट्याक्सी चलाउने काम जोखिम धेरै भएको र कमाइ पनि धेरै हुने खालको थियो। दुबईमा अहिले पनि १२–१३ सय नेपालीले ट्याक्सी चलाउँदै आएकोउनको अनुमान छ, दुबईबाहेक आवुधावी तिर पनि ट्याक्सी चलाउने नेपालीहरू धेरै छन्।  उनले युरोपीयन युनियनमा काम गर्दा पनि मासिक ४० हजार कमाउँथे, त्यो तलब त्यो समयको लागि आकर्षक नै हो। तर उनले सोचे ‘यो तलब बढेर यहाँ ८० हजार पुग्ला जसले मलाई पछि गएर घर चलाउन पनि मुस्किल पर्छ। मेरो यसबाट भविश्य उज्ज्वल छैन भनेर लागेरै म त्यो जागिर छाड्न जोखिम उठाएको हुँ।’ सन् २००८ मा दुबईमा जाँदा उनले साढे २ लाख तिरेर गएका थिए। त्योबेला उनलाई धेरैले सुझाव पनि दिएका थिए, ‘त्यति पैसाले त यहाँ कतै जग्गा आउँछ, नयाँ ट्याक्सी किन्न सकिन्छ’ उनले कसैको सुझाव सुनेनन्। ‘मैले कसैका कुरा सुनिन, मेरो आफ्नै मनको कुरा सुनेर दुबई गएँ,’ उनले भने। यहाँबाट साढे २ लाख तिरेर गएर ४ महिना तालिम मात्र लिएर बस्नुपर्ने बाध्यता थियो। काम गर्दा पनि तलबभन्दा पनि कमाइको कमिसनका आधारमा आम्दानी गर्न सकिने अवस्था थियो। यस अवस्थालाई हेर्दा शुरू शुरूमा त मनै अताल्लिने अवस्था थियो। उनी भन्छन्, ‘अर्को फाइदा पनि थियो, अहिलेजस्तो नीति, नियम कडा थिएन, प्रविधिको विकास पनि अहिलेको जस्तो थिएन। त्यो समयमा जीपीएस समेत थिएन, जहाँ गएर काम गर्दा पनि ट्रयाक गर्न सक्ने अवस्था थिएन । दुबईका कामदारले १२–१५ सय कमाउँथे तर हामीले ७–८ हजारसम्म कमाउँथ्यौं । यही धेरै कमाउने अवसरले नै मलाई साढे १२ वर्षसम्म तान्यो ।’ अलि कमाएपछि मलाई पैसा नै सबैथोक होइन रहेछ भन्ने उनलाई लाग्यो। ‘दुबईमा आफ्नै व्यवसाय गर्न सक्ने सम्भावनाको विषयमा पनि मैले त्यो समयमा खोजी गरें। कम्पनी दर्ता प्रक्रिया, लगानी लगायतका विषयमा पनि मलाई त्यसबीचमा जानकारी भयो। धेरै नेपालीले गर्न सक्ने आँट र सम्भावना भएपनि आवश्यक प्रक्रियाका बारेमा जानकार नहुँदा व्यवसायमा हात हाल्न सकेको छैनन्, ’ उनले भने।
अहिले भिजिट भिसाको समस्या बढी रहेको उनको बुझाई छ । ‘भिजिट भिसामा लगेर काम गराउन खोज्ने, दुबईमा लैजाने र त्याहाँबाट अन्य देशमा पुर्याउने आश्वासन दिने पनि देखिन्छ । यसबाट धेरै नेपाली अलपत्रमा परेका छन् । हामीले यो समस्या समाधानको लागि पहल गर्नुपर्ने छ,’ उनले भने।
उनले अहिले डकुमेन्ट क्लियरेन्सको कम्पनी खोलेका छन्। यसले विशेष गरी नेपाली कामदारको आवश्यक डकुमेन्टेसनको काममा सघाउँदै आएको उनको भनाइ छ। यसले धेरै नेपाली कामदारलाई सहजीकरणमा सहज भएको छ। अहिले दुबईका वैधानिक रूपमा साढे ४ लाख र अवैध रूपमा बसेका नेपाली गरेर ६ लाख नेपाली दुबईका बस्दै आएका छन्। उनले भने,‘मलाई लाग्यो दुबईका नेपालीलाई कसरी सहयोग गर्न सकिन्छ त भन्ने बुझ्दै जाँदा एनआरएनएमा जोडिँदा अझै सहयोग पुग्ने लागेर म अहिले एनआरएनएमा त्यहाँको सचिवको रूपमा छु।’ सधै व्यवसाय र जागिर भन्दा पनि सामाजिक सेवा पनि गरौं भन्ने ध्येयका साथ एनआरएनएका जोडिएको उनको भनाइ छ। ट्याक्सी कम्पनीमा काम गर्दा धेरै चालकको हितमा काम गर्दै आएको उनी सम्झन्छन्। विशेष गरि कोभिडको महामारीको समयमा धेरै नेपालीलाई सहयोग गरेका छन्। संस्थागत रूपमा भएका प्रयास त्यति सार्थक नभए पनि हामीले व्यक्तिगत रूपमा पनि सहयोग गरिएको उनको भनाइ छ। उनमा संस्थागत जिम्मेवारी थपिएपछि काममा थप ऊर्जा मिलेको छ । उनी भन्छन्,‘एनआरएनए संस्था हो, मैले भन्दा पनि संस्थामा टिमले काम गर्ने कुरा हो । हाम्रो अध्यक्ष ज्यू पनि टिममा काम गर्ने कुराका विश्वास गर्नुहुन्छ र समन्वय गरेर अगाडि बढ्न मन पराउनुहुन्छ, त्यसैले अहिलेको कार्य समितिले धेरै काम गर्न सक्छ भन्ने मलाई लाग्छ । त्यस्तै अन्य पदाधिकारी पनि उत्तिकै सकारात्मक हुनुहुन्छ ।’ दुबईका रहेका नेपालीका धेरै समस्या छन् । हामी सबै आ–आफ्नो काममा व्यस्त छौं, तथापि सबैको समस्या समाधानमा हाम्रो प्रयत्न रहने उनको भनाइ छ। अहिले भिजिट भिसाको समस्या बढी रहेको उनको बुझाई छ । ‘भिजिट भिसामा लगेर काम गराउन खोज्ने, दुबईमा लैजाने र त्याहाँबाट अन्य देशमा पुर्याउने आश्वासन दिने पनि देखिन्छ । यसबाट धेरै नेपाली अलपत्रमा परेका छन् । हामीले यो समस्या समाधानको लागि पहल गर्नुपर्ने छ,’ उनले भने। भाषा र कानूनको ज्ञानको अभावमा धेरै नेपालीले दुःख पाएका छन्। उनी आफै पनि विभिन्न कारणबाट छोटो समयको लागि भएपनि जेलमा परेको बताउँछन्। उनी दुबईमा रमाएर बसेका छन् र सम्भावना पनि खोजिरहेका छन्। ‘मैले दुबईको पानीलाई सम्मान गर्छु, मैले दुबईबाट धेरै पाएको छु, आज जहाँ छु, मलाई दुबईले दिएको हो, कति बसिन्छ, दुबईका थाहा छैन तर जति बसिन्छ रमाएर बसिन्छ भन्ने कुरामा म ढुक्क छु ,’ उनले भने।    
Tags: