कसले रोक्ने परदेशिएका पाइला ?
–जयदेश श्रेष्ठ एउटा जीर्ण घर भत्किन भुईंचालो पर्खेको हुन्छ देशमा काम छैन युवा विदेशिन भिसा पर्खिरहेको हुन्छ । यो देशमा लोकतन्त्र गणतन्त्र के ल्यायौ, नेता र सरकार ? विदेशियो सन्तान निरस आमा बाबु काल पर्खिरहेको हुन्छ ।। देशमा राजनीतिक अस्थिरताले गर्दा योग्य र सक्षम व्यक्तिले पनि राम्रो कामको अवसर पाउन सकेका छैनन् । आत्म सम्मान भन्दा पनि व्यक्ति सम्मानको लागि पैसा कमाउन परेको छ । आधुनिक शिक्षा पद्धतिले आत्मनिर्भर होइन, विदेशी भूमिका कसरी पुग्ने भन्नको लागि भर्याङ बनाउनु पर्ने बाध्यता छ । आज नेपालीहरू दैनिक हजारौंको संख्यामा रोजी रोटी र आफ्नो भविष्यको खोजीमाविदेशिन एयरपोर्टमा लामबद्ध भएको पाउँछौं । हामीले देख्दा उत्साह देखेका त्यही परदेशिएकाका पीडा कसले बुझी दिने ? त्यसको जिम्मेवारी लिने कसले ? देशको सरकार आफ्नै पार्टी बचाउन, भागबन्दी कोटा मिलाउन, उच्च पदस्थहरूको पद बाँडफाँट रसरकार टिकाउनमा जो व्यस्त छ ।
वास्तवमा विदेशमा शैक्षिक भिसामा सिकेकाज्ञान र कामले आफ्नै जन्मभूमिमा कर्म गरी खाने वातावरण सरकारले बनाउनुपर्ने थियो । देशका होनहार युवाहरू विदेशमा पलाएन गराएर अराजक राजनीतिमा शासन गर्न पल्किएका छन् ।विदेशमा काम गर्ने नेपाली मजदुर सयौंको संख्या रातो बाकसमा लासहरू आइरहँदा समेत नेपालीहरू विदेश जानेहरूको संख्यामा कमी आएको छैन ।
जब नेपालीहरू विदेशिन्छन् । आफ्नो पाखुराको बल र पसिनाले आफू बाँच्ने कमाउने प्रयत्न गर्छन् । एउटा खाडी पुगेको युवाले भेडा चराउँछ । मलेसियामा पुगेकाहरू सेक्युरिटी गार्ड बस्छन् ।जो जहाँ जस्तो सुकै काम गर्न पनि तयार हुन्छन् । उनीहरूको मेहनतले परिवारको लागि पैसा पठाई रहेको हुन्छ । आजनेपालीहरू कामको खोजीमा संसारभर चहारिरहेका छन् । दुःखको कुरा आज युवाहरू मात्र नभएर गृहिणी महिलाहरू समेत आफ्नो काखको दुधे बालकलाई छोडेर पैसाको लागि विदेशिन थालेका छन् । बेरोजगारीको मारमा आम्दानी नभए पछि परिवार पाल्नको लागि आफ्नो पीडालाई मुटुमा च्यापेर एउटी आमा आफ्नो दायित्व निभाउन विदेशी भूमिमा पसिना बगाउन बाध्य भएका छन् । अमेरिका, अस्ट्रेलिया पढ्न भनेर गएका मेहनती युवाहरूले६ महिनाको कमाइले गाडी चढ्ने हैसियत राख्छन् । आमा बुवाले विदेश जानको लागि ऋण गरी पठाएको पैसा वर्ष दिनमा चुक्ता गर्न सक्ने हुन्छन् । विदेशमा न आफ्नो घर हुन्छ । न त जग्गा जमिन । न त सहयोग गर्ने आफन्तहरू हुन्छन् तर पनि आफ्नो मेहनतको कमाइले पैसा बचत गर्न सक्छन् । त्यहाँ नातावाद ,कृपावाद भनसुन चल्दैन । जात जातीको बन्देज छैन । ठूलो सानोको भेदभाव छैन । त्यहाँ जस्तो सुकै कामको पनि कदर हुन्छ । कामको मूल्य पाउँछ । त्यो सम्भावनाको कुनै छनक हाम्रोमा किन भेट्न सकिन्न ? आजका युवाहरू आफ्नोे पैतृक सम्पत्तिमा गर्वसक्दैन । बुबा आमाले कमाएको सम्पत्तिमा अडिएर नेपालमा बस्न सक्दैनन् । त्यसैले सचिव ,उपसचिव , प्रहरी प्रशासन सरकारी उच्च अधिकृत, व्यापारी व्यवसायी धनाढ्यका सन्तानहरू पनि विदेशमा पुगेका छन् । आर्थिक अवस्था कम हुनेले पनि साहस गरेर घरबार बन्धकी राखेर ऋण लिएर विदेशिएका छन् । उनीहरू आफ्नो बल बुद्धि क्षमताले कमाउन सक्छन् । सबै स्वतन्त्र रूपमा काम गर्छन् । यही स्वतन्त्रता हो यही नै लोकतन्त्र हो ! हाम्रो देशमा नेताहरू राजनीतिककर्मीहरूको लागि मात्र लुटको गणतन्त्र आएको छ।
आज हरेक परिवारका अभिभावकलाई आफ्ना सन्तानहरूविदेश पठाउन कै लागि चिन्ता छ । बढेका छोरा छोरी एसईई पास गरे पछि नै विदेशिने सोच राख्छन् । यो देशमा बसेर के हुन्छ ?आज स्वदेशमा आफ्नो सबै कुरा भएर पनि बेरोजगारीको समस्याले यहाँका युवाहरू तड्पिनु परेको छ ।
वास्तवमा विदेशमा शैक्षिक भिसामा सिकेकाज्ञान र कामले आफ्नै जन्मभूमिमा कर्म गरी खाने वातावरण सरकारले बनाउनुपर्ने थियो । देशका होनहार युवाहरू विदेशमा पलाएन गराएर अराजक राजनीतिमा शासन गर्न पल्किएका छन् ।विदेशमा काम गर्ने नेपाली मजदुर सयौंको संख्या रातो बाकसमा लासहरू आइरहँदा समेत नेपालीहरू विदेश जानेहरूको संख्यामा कमी आएको छैन । गास , बास, कपास र स्वास्थ शिक्षाको सु–व्यवस्था राज्यबाट पाउन नसक्दाको उपज आज नेपालीहरू विदेशिन बाध्य भएका हुन् । देशमा राजनीतिक परिवर्तनले जनताहरूले राहत पाउन सकेनन् । भ्रष्ट्राचार , कमिसन घुस खोरीतन्त्रलाई सुधार गरी व्यवस्थित गर्न सकेन । देशमा हत्या हिंसाले प्रसय पाएको छ । देशमा काम गरी खान वातावरण छैन । युवाहरूले नेपाल मै बसेरयोग्यता र क्षमता अनुसारको जागिर भनसुन र पैसा नख्वाई पाउन सकिँदैन । राजनीतिक शक्ति बिनास्वाभिमान र आफ्नो योग्यता अनुसार गौरवशालीजिन्दगी बिताउने अवसर पाउँदैन भने यो देशमा कसरी युवाहरू बस्न सक्छन् ? आज हरेक परिवारका अभिभावकलाई आफ्ना सन्तानहरूविदेश पठाउन कै लागि चिन्ता छ । बढेका छोरा छोरी एसईई पास गरे पछि नै विदेशिने सोच राख्छन् । यो देशमा बसेर के हुन्छ ?आज स्वदेशमा आफ्नो सबै कुरा भएर पनि बेरोजगारीको समस्याले यहाँका युवाहरू तड्पिनु परेको छ । वित्तीय क्षेत्र सुधार हुन नसकेर उद्योगी व्यवसायी , व्यापारी आर्थिक मारमा छन् । आम नेपालीहरूको भविष्य अनिश्चित भएको छ । देशमा कुनै बेला के हुने हो थाहा छैन । राजनीतिक अस्थिरता देश झन् झन् गरिबीको रेखा मुनि भासिँदै छ । सरकारको मूल्याङ्कन , विकास कामको आधारमा गरिँदैन । सत्ता पक्ष र विपक्ष ,सत्ता भित्र र बाहिर भएर समग्र राजनीतिक विश्लेषण गरिन्छ । पद बाँडफाँटमा नै नेता र पार्टीहरू व्यस्त छन् । राजनीतिक पार्टी र नेताहरूलाई देशको भन्दा पराई मुलुकको चिन्ता ! उनीहरूलाई रिझाएर सत्ताको बागडोर समाल्ने र सत्ता टिकाउने रणनीति लिएका छन् । सरकारले आर्थिक उन्नति र देश विकासको कामहरू गर्न सकेको छैन । अराजक राजनीतिले देशलाई कहाँ पुर्याउने हो ? आम नागरिकहरूमा पीडा ! आफ्ना सन्तानहरू विदेशभूमिमा पलायन गराएर आफूहरू यस दुःखको भुमरीमा बाँच्न बाध्य भएका छन् ।