नेपाल एसबिआई मर्चेण्टको सीईओमा पोख्रेल नियुक्त

Image
काठमाडौं – नेपाल एसबिआई मर्चेण्टको प्रमुख कार्यकारी अधिकृत (सीइर्एओ)मा लेखनाथ पोख्रेल नियुक्त भएका छन् । उनलाई आइतवार बसेको कम्पनी सञ्चालक समितिको ५५औं बैठकले सीईओमा नियुक्त गरेको हो । सीईओ यसअघि नेपाल एसबिआई बैंको वित्त, लेखापरीक्षण र मधेश प्रदेश कार्यालय प्रमुखको जिम्मेवारी सम्हाल्दै आएका पोख्रेल बंैकिङ तथा वित्तीय क्षेत्रमा १० वर्षभन्दा बढीको कार्य अनुभव भएका पोख्रेल स्रोत तथा साधनको उच्चतम् परिचालन तथा व्यवस्थापनमा अब्बल मानिन्छन् । सीईओ पोख्रेलको कुशल व्यवस्थापकीय क्षमताले आगामी दिनमा क्यापिटलको व्यवसाय विस्तार एवं मर्चेण्ट बैंकिङबाट प्रदान गरिने सेवालाई सर्वोत्कृष्ट बनाउन उल्लेख्य योगदान हुने व्यवस्थापनको विश्वास छ ।
Tags: