ईसेवा मनि ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानमा घर जित्ने अवसर

Image
काठमाडौं – डिजिटल रेमिट्यान्स कम्पनी ईसेवा मनि ट्रान्सफरले डिजिटल रेमिट्यान्सले ‘मेरो डिजिटल देश’ अभियानलाई शुरू गरेको छ । कम्पनीले यस अभियानअन्तर्गत गतवर्ष जस्तै काठमाडौंमा घर योजना सार्वजनिक गरेको हो । यो अभियान असोज १ देखि शुरू भएर असार ३१, २०८१ सम्म जारी रहने बताइएको छ । रेमिट्यान्स कारोबारलाई डिजिटल तर्फ लैजाने अभिप्रायका साथ यो अभियान शुरू गरिएको बताइएको छ । यस अभियान अन्तर्गत संसारका जुनै पनि मुलुकमा रहेका नेपालीले नेपालमा इच्छाएको व्यक्तिको इसेवा वालेटमा पैसा पठाई सहभागी हुन सक्नेछन् । यस अभियानमा ४ परिवारलाई विशेष कोसेली, हरेक महीना १ जनाको पैसा डबल, तथा बम्पर उपहारमा १ जनाले काठमाडौंमा घर प्राप्त गर्ने बताइएको छ ।  
Tags: