सानिमा बैंकका ग्राहकहरुलाई फ्रन्टलाइन हस्पिटलमा छूट

Image
काठमाडौं – सानिमा बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङ प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न पूरानो बानेश्वरस्थित फ्रन्टलाइन हस्पिटलसँग छूटसम्बन्धी सम्झौता गरेको छ। उक्त व्यवस्थाअन्तर्गत सानिमा भिसा डेबिट/क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताले डिजिटल भुक्तानी गर्दा विशेष छूट प्राप्त गर्न सक्ने बैंकका प्रमुख निक्षेप हेमराज संज्याललले जानकारी दिए । बैंकका ग्राहकहरुले ओपिडी/आइपिडी तथा बेड सम्बन्धी शुल्कमा १३ प्रतिशत, औषधिको शुल्कमा ७ प्रतिशत र सर्जरी शुल्कमा ५ प्रतिशत छूट प्राप्त गर्न सक्ने उनो भनाइ छ । बैंकले ग्राहकलाई विभिन्न छूट तथा अन्य अफर प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ । बैंकको देशको सातै प्रदेशमा १३२ वटा कार्यालयहरु तथा १२३ वटा ए.टि.एम.हरु संचालनमा रहेका छन् ।
Tags: