आइएमई पेले ल्यायो ‘एकको डबल अफर’

Image
काठमाडौं – डिजिटल वालेट आइएमई पेले ‘एकको डबल अफर’ल्याएको छ । असोज ३ र ४ गते सञ्चालन हुने ‘अल्टिमा अनलाइन मेला’ लक्षित उक्त अफर सार्वजनिक गरेको बताइएको छ । अल्टिमाले आफ्नो वेबसाइटको लन्चको अवसरमा सञ्चालन गर्ने मेलामा एउटा अल्टिमा एटम५२० वा अल्टिमा एटम३२० एयरबड खरीद गर्ने ५०० जना सेवाग्राहीलाई अर्को एयरबड निःशुल्क प्रदान गर्ने भएको हो । साथै अन्य अल्टिमाका ग्याजेडमा पेमार्फत भुक्तानी गर्दा २५ प्रतिशत छूट प्राप्त हुने बताइएको छ । अल्टिमासँगको रणनीतिक साझेदारीलाई नयाँ उचाईसम्म लैजान तथा डिजिटल कारोबार थप प्रोत्साहन गर्न यो अफर ल्याइएको पेकासीइओ प्रविन रेग्मीले जानकारी दिए ।
Tags: