‘मनाउँ तीज रियलमीसँग’ टिकटक च्यालेन्ज

Image
काठमाडौं – टेक्नोलोजी ब्रान्ड रियलमीले हरितालिका तीजको अवसर पारेर ‘मनाउँ तीज रियलमीसँग’ टिकटक च्यालेन्ज ल्याएको छ । यस च्यालेन्जमा सहभागी हुनको लागि नेपालमा नै बसोबास गरिरहेका नेपाली नागरिकले कुनै पनि तीजको गीतमा नाचेर भिडियो खिच्नुपर्ने बताइएको छ। उक्त भिडियोमा ह्यास्ट्याग #ManauTeejrealmeSanga र #DareToLeap प्रयोग गरेर @realmenepal लाई ट्याग गरेर टिकटक च्यालेन्जमा सहभागी हुन सकिने कम्पनीको भनाइ छ।   भदौ २२ गते शुरु भएको यो प्रतियोगितामा भोली हरितालिका तिजको राती अर्थात असोज १ गते रातीको १२ बजेसम्म सहभागि हुन सक्नेछन् । सबैभन्दा बढी लाइक प्राप्त गर्ने ५ भिडियोलाई विजेता घोषणा गरिने बताइएको छ । विजेताहरुलाई रियलमीद्वारा आकर्षक पुरस्कारको साथै आफ्नो परिवारको एक जना सदस्यसँग रात्रीभोज (डिनर) जाने मौका पनि प्रदान गरिनेछ । रियलमी नेपालले समस्त नेपाली नारीहरुलाई हरितालिका तीजको शुभकामना पनि व्यक्त गरेको छ ।
Tags: