फेरि झर्यो मेलम्चीको पानी

Image
काठमाडौं– मर्मत संभार पछि मेलम्चीको पानी धारामा फेरि बाँड्न थनलिएको छ । बाढीले क्षतिग्रस्त बनेको मेलम्ची खानेपानी आयोजनाको संरचना पुनर्निर्माणपछि खानेपानी मन्त्री उमाकन्त चौधरीले काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको नयाँ बानेश्वरस्थित शाखा कार्यालयबाट एक कार्यक्रमबीच धारामा पानी वितरण शुभारम्भ गरेका हुन् । मन्त्री चौधरीले गत चैत २९ गते आयोजनाको हेडवर्क्सबाट सुरुङतर्फ पानी पथान्तरण सुरुवात गरेका थिए । त्यसपछि सुन्दरीजल पानी प्रशोधन केन्द्रबाट शुद्ध गरी काठमाडौँ उपत्यका खानेपानी लिमिटेडका १० वटा रिजर्भवेर ट्याङ्कीमा पठाइएको थियो । अहिले घरघरमा पाइपमार्फत धारामा पानी पठाउन सुरु गरिएको हो ।
Tags: