‘नाडा अटो शो २०२३’ को आज अन्तिम दिन, शनिवारसम्म ६५ हजारले गरे अवलोकन

Image
काठमाडौं – काठमाडौंको भृकुटीमण्डपमा ‘नाडा अटो शो २०२३’ जारी छ । मेलाको आज समापन हुँदैछ, आयोजक नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका अनुसार मंगलवारदेखि शुरू भएको मेलामा शनिवारसम्ममा ६५ हजारले अवलोकन गरेका छन् । अटो शोमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक, वस्तु तथा सेवा प्रदायकको सहभागिता छ । प्रदर्शनीमा चार पाँङ्ग्रे १६ र दुई पाँङ्ग्रे २२ ब्रान्डको सहभागिता छ । ७ ब्रान्डका लाइट कमर्सियल भेइकल, ९ वित्तीय संस्था तथा ३० लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहेको आयोजकको भनाइ छ। अटो शोमा ठूला तथा साना गरी करिव १ सय २० स्टल र ब्लकहरु छन् । प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक, वस्तु तथा सेवा प्रदायकको सहभागिता छ ।
Tags: