‘जनता बैंकका होइन, बैंक जनतामा जानुपर्छ’ : चिनौं मुक्तिनाथ विकाश बैंक
बैंकको स्थापना
२०६३ पौष १९ मा स्थापना भएको हो, मुक्तिनाथ विकास बैंक स्याङ्जा जिल्लाबाट सञ्चालनमा आएको हो। द्वन्दको चपैटामा परेर जिल्लामा भएका बैंक पोखरा कृन्द्रित भएका थिए । साना साना कारोबारका लागि पनि स्याङ्जाली जनतालाई पोखरा जानुपर्ने बाध्यता हटाउनको लागि मुक्तिनाथ विकास बैंक सञ्चालनमा आएको हो । तीन जिल्ला कार्य क्षेत्र बनाएर २९ जना वुद्धिजिवीले रहरले भन्दा पनि स्याङ्जावासीको वित्तीय आवश्यकता पूरा गर्नको लागि यसको स्थापना गरिएको हो।
बैंक स्थापनाको समयमा धेरै चुनौतीहरू थिए । समुदायमा वित्तीय साक्षरताको कमी थियो। सबैले बैंकलाई सहज रूपमा स्वीकार्न सक्ने अवस्था थिएन। यीनै असहजताका बाबजुत सदरमुकामबाट ग्रामिण क्षेत्रमा पनि बैंकको विस्तार गरियो। ‘जनता बैंकका होइन, बैंक जनतामा जानुपर्छ’ भन्ने मान्यतामा साथ बैंकले आफ्नो वित्तीय अभियानलाई अगाडि बढायो। ग्रामिण क्षेत्रमा ग्रामिण बैंकिङको अवधारणामा रहेर ग्रामिण क्षेत्रमा विस्तार भयो।
लघुवित्त मेरुदण्ड
२०६५ सालमा पोखराका मुख्य मुख्य ठाउँमा शाखा विस्तार भयो। त्योसँगै संस्थाको कार्यक्षेत्र तनहुँमा पनि शाखा विस्तार भयो। मुक्तिनाथ विकाश बैंकले लघुवित्त कार्यक्रमलाई मेरुदण्डको रूपमा लिँदै आएको छ । यसको शुरुआत २०६५ बैशाख १ बाट भएको थियो। त्यो समयमा द्वन्दका कारण बन्द भएका वित्तीय संस्था र नयाँ वित्तीय संस्था खुल्ने क्रम बढे पनि सामान्य नागरिक र महिलाहरूमा वित्तीय साक्षरताको अभाव व्याप्त थियो। वित्तीय पहुँचको अभाव थियो। त्यो समयमा क,ख र ग वर्गका वित्तीय संस्थाले लघुवित्त कार्यक्रम सञ्चालन गरेका थिएनन् । ‘घ’ वर्गका वित्तीय संस्थाले लघुवित्त कार्यक्रम सञ्चालन गरेको भएपनि दुरदराजसम्म ती पुगेका थिएनन्। मुक्तिनाथ बैंकले दुरदराजमा समूह बनाएर लघु बैंकिङ कार्यक्रम सञ्चालनमा ल्यायो।
‘एक व्यक्ति, एक बचत खाता र एक परिवार एक व्यवसायी’को अवधारमा कर्मचारी गाउँगाउँमा पुगेर महिलालाई समेट्ने काम मुक्तिनाथ विकास बैंकले गर्यो। साहु र ठूला बैंकले नपत्याउने साना वर्गका नागरिकलाई वित्तीय कार्यक्रममा समेटेर कर्जा प्रवाह गर्दै आयो। यसले मुक्तिनाथ विकास बैंकको लेकप्रियतालाई झनै उचाईमा पुर्यायो।
सञ्जाल राष्ट्रियस्तर
लघु बैंकिङ कार्यक्रम र जनरल बैंकिङ कार्यक्रमको सफलतासँगै यसको विस्तारका योजना आए, फलस्वरूप २०६९ सालमा १० जिल्लामा कार्यक्षेत्र विस्तार भयो र २०७२ सालमा यसलाई राष्ट्रियस्तरमा पुर्याउनुपर्छ भन्ने मान्यताका साथ राष्ट्रव्यापी रूपमा मुक्तिनाथले शाखा विस्तार गर्यो। २०७३ सालमा केन्द्रिय कार्यालय सारेर अहिले १८० भन्दा बढी शाखा र १६०० कर्मचारीमार्फत १२ लाख ग्राहकलाई बैंकिङ सेवा प्रवाह गरिँदै आएको छ।
मुक्तिनाथ कृषि कम्पनी
पछिल्लो समय बैंकले गाउँको उत्पादन शहरमा र शहरको पूँजी गाउँमा पुर्याउने अवधारणाका साथ काम गरेको छ। यसको लागि बैंकले ‘मुक्तिनाथ कृषि कम्पनी’ २०७५ मा दर्ता भएर कार्यान्वयनमा छ। दर्तापछि यसले तीन वर्ष कृषिमा सम्भावनाका क्षेत्रमा अध्ययन अध्यापन गर्यो। गएको दुई वर्ष सातै प्रदेशमा कार्यालय स्थापना गरेर उत्पादकदेखि उपभोगसम्म मूल्य शृङ्खलामा काम गर्दै आएको छ। सहकारी संस्थासँग समन्वय गरेर कृषकलाई तालिम, प्रविधि, बीउ, बीजन लगायत सहकारीमार्फत उपलब्ध गराउने र कृषकको उत्पादन सहकारीमार्फत मुक्तिनाथ कृषि कम्पनीले बजारमा लादैँ आएको छ। यसले कृषकलाई मूल्य निर्धारण गर्न र कृषक तथा उपभोक्ताबीचको दूरी घटाउने काम गरिरहेको छ। यसले व्यावसायिक कृषितर्फ उत्प्रेरित गर्न हौसला मिलेको छ। संस्थाका लाखौं ग्राहकको शेयरसम्बन्धी कारोबारको लागि सहज गराउनको लागि मुक्तिनाथ क्यापिटल समेत सञ्चालनमा छ।