कर्णालीको पत्रकारितामा अनवरत संघर्षरत मल्ल
राज्यबाटै उपेक्षित भएको गुनासो
हरि ऐडी बि.स २०५६ सालतिर मुगुका विनोद कुमार मल्ललाई पत्रकारिता गर्ने हुटहुटीले समात्यो। उनले जिल्लाबाट रेडियो नेपालमा रिपोर्टिङ गर्ने मौका पाए। पत्रकारिताबाट के पाइन्छ, के गुमाइन्छ उनले त्यसको हिसाब किताब गरेनन्, आखिर पत्रकारिताबाट जिल्लाका समाचार सञ्चार माध्यममा ल्याउने सपना न थियो । जिल्लामा पत्रकारिता गर्दा उनै मल्ल पत्रकार महासंघ शाखा कार्यालय मुगुका संस्थापक बन्ने अपूर्व मौका प्राप्त गरे । मल्लको पत्रकारिताको अथक यात्रा आज पर्यन्त छ । मल्लले पत्रकारिताको माध्यमबाट जिल्लामा न्याय, समानता र स्वतन्त्रताका लागि आजीवन संघर्ष गर्ने प्रजातान्त्रिक योद्धाका रूपमा आफूलाई चिनाएका छन्। झण्डै साढे दुई दशक पत्रकारिताको यात्रामा उनले जिल्लाका सवाललाई राष्ट्रिय मुद्दा बनाएका छन्। मुगुलाई चिनाउने रारालाई मल्लले धेरै पटक उठाएका छन्। रारातालको पर्यटन विकासलाई पटक पटक आफ्नो लेखन मार्फत उतारेका उनको कलमको पनि उत्तिकै हिस्सा छ, जसको कारण आज रारालाई धेरैतिर चिनाउन सम्भव भएको छ । उनलेगमगढीदेखि उत्तर चीन जोड्ने नाक्चेलाग्ना सडकका सवाल, कर्णाली राजमार्ग,जिल्लाका स्वास्थ्य सवाल, शिक्षाका अध्यारा उज्याला पाटा, यातायात, खानेपानी, विद्युत्, कृषि, खेलकुद, पर्यटन,पुलपुलेसाका कुरा धेरै पटक मिडियामा छाउनको लागि मल्लले योगदान पु¥याएका छन्। विकासका कुरामात्र होइन, सामाजिक चेतना र परिवर्तनमा उनका कलम उत्तिकै चलेका छन् । महिलाका सवाल, दलितका सवाल, राजनीति परिवर्तन, प्रशासनिक सेवाप्रवाहका सवाल, लैंगिक असमानताको बारेमा उनका कलम उत्तिकै चलेका छन्। उनले पत्रकारिता व्यावसायिक बने न बनेको तर्फ हेरेका छैनन्। किनकी उनले पटकौं त्यही पत्रकारिताका कारण चुलो बालेका छन् भने कैयौं पटक भोकै पनि बसेका छन्। समाचार संकलन गर्दाको भोगाइ र संघर्ष उनको मनमा ताजा छन् । एउटा समाचार तयार गर्न कति धाउनुपर्छ र त्याग गर्नुपर्छ भन्ने कुरा बुझ्नै पर्ने निकायले बुझेकोे छ कि छैन मल्ल आफै अन्यौल छन् । ‘एउटा समाचारतयार गर्नएक दुई दिन खट्नुपर्छ, समाचार प्रकाशन र प्रसारणबापत पाउने रकमभन्दा रिपोर्टिङका लागि धेरै दुर्गम ठाउँमा आउजाउ, खान, बस्नमा मिडिया हाउसबाट आएकोभन्दा धेरै खर्च गर्नुपर्छ,’ उनी भन्छन्। कतिबेला त लाग्छ, जिल्लाको, समुदायको, राज्यका आखाँमा छायाँमा परेको कर्णालीका विषयमा अझै कति लेख्नुपर्ने हो र स्वयमसेवी तरिकाबाट कति दिन खट्नु पर्ने हो । मल्ल आफू पत्रकारितामा राज्यले हेर्नुपर्छ भन्दा पनि समाजका कुरा मिडियामा आएर राष्ट्रिय मुद्दा बनाउनको लागि पत्रकारिता गरेको कुराका उनी दृढ छन् । तर यसो हेर्दा सुगमका पत्रकारहरू राजनितिक पहुँचकाभरमा कुनै न कुनै रूपबाट राज्यका सुविधाबाट समेटिएका हुन्छन् तर आफू जस्ता दुर्गममा लामो समय काम गर्ने पत्रकारहरू जहिले पनि राज्यका विभिन्न निकायहरूबाटदिइने विभिन्न पुरस्कार,र सम्मान बाट बिमुख हुनु परेको उनको गुनासो छ । उनी भन्छन्, ‘दुर्गममा काम गर्ने पत्रकारको कतै पनि लेखाजोखा र मुल्याङ्कन नहुने रहेछ । सके सेवा सुविधा नसके आत्मसम्मान त दिन सक्थ्यो नि राज्यले तर दिएन र दिन्न पनि हामी कर्णाली पत्रकारितामा पनि उपेक्षित छौं जस्तो लाग्छ ।’ पत्रकार मल्ललेआफ्नो कलमलाई रत्तिभर पनि डगमगाउन नदिइ जिल्लाको स्वास्थ्य, शिक्षा, राजनीतिक, सामाजिक विकास, महिला तथा बालबालिकाको क्षेत्रमा कलम चालाउँदै आएका छन् । उनी भन्छन्, ‘मैले जिल्लामा पत्रकारिता गर्दा द्वन्दकालदेखि अन्य जटिल परिस्थितिमा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका लागि अनवरत सङ्घर्ष गर्दै अन्याय, अत्याचार र बेथिति विरुद्ध स्वच्छन्द रूपमा समाज र देशका लागि कलम चलाउँदै आएको छु ।’ यत्रो लामो समयसम्म राज्य र समाजका लागि अनवरत कलम चलाउँदा पनि दुर्गमका व्यावसायिक पत्रकारलाई राज्यबाट कुनैपनि मुल्यांकन नगर्दा दुर्गमभेगका श्रमजीवी पत्रकारको मनोबल गिरेको उनको गुनासो छ । मल्लले भने, ‘न्याय, समानता, अहिंसा, सत्य र निष्ठा सहित समाजका पक्षमा तिखो कलमका माध्यमले आवाज उठाउनेतीदुर्गमका समर्ग पत्रकारलाई राज्यबाट उच्च मूल्यांकन गरिदिनुपर्छ ।’ पत्रकाररिता गर्दा जीवनमा के के गुम्यो उनले त्यसको हिसाब राखेका छैनन्,किनकी पूराना दिन फर्काउन सक्ने अवस्था पनि छैन। अर्कोकुरा उनको पत्रकारिता रुचीको विषय भएको कारण पनि अरु उपलब्धीसँग दाँज्न र कल्पन उनले मन गर्दैनन् । पत्रकारिताबाट के पाइयो त ? यसमा उनको सटिक जवाफ छ, ‘मैले समुदायका लागि पत्रकारिता गरें, पत्रकारिताबाट मुगु लगायत कर्णालीका आवाजलाई राष्ट्रिय मुद्दा बनाउन धेरेथोर भूमिका निभाएको छु, समाज बदलिएको छ, अझै बदलिएला यसैले सन्तुष्टि थपिदिन्छ ।’