कविता : हामी बालक

Image

यमुना मगर कक्षा ११ रिचमण्ड इन्टरनेशनल कलेज, कलंकी , काठमाडौं सानै छन् हाम्रा हात र पाउ कोमल छ, हाम्रो मन । पढेर ठूला मानिस बन्ने सपना हाम्रो छन् । किताब र कपी बोकेर हामी स्कूल जान्छौं नी । साथीभाइ सबैलाई हामी समान ठान्छौं नी ।। आमाले दिन्छिन् मिठो माया बगैचाको फूल झैं । बाबाको लाग्छ निकै नै डर केही भए भूल झैं ।। खेल्छौं, कुद्छौं, हेर्छौं यही हाम्रो रहर छ । पढी लेखी मेहनत गरे भविष्य उज्ज्वल छ ।।

Tags: