शनिवार ‘युवा उद्यमशीलता शिखर सम्मेलन’, मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंक

Image
काठमाडौं – राष्ट्रिय वाणिज्य बैंक ‘युवा उद्यमशीलता शिखर सम्मेलन’को तेस्रो संस्करणकोे मुख्य प्रायोजक बनेको छ । राष्ट्रिय युवा परिषद् र नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई )ले संयुक्तरुपमा आयोजना गर्ने शिखर सम्मेलनको मुख्य प्रायोजक राष्ट्रिय वाणिज्य बैंक रहने सम्झौता भएको हो । सन् २०१९ बाट शुरू भएको यो सम्मेलनको पहिलो र दोस्रो शिखर सम्मेलनमा पनि बैंकले मुख्य प्रायोजकका रूपमा साझेदारी गरेको थियो । तेस्रो सिखर सम्मेलनको भदौ ३० मा हुँदैछ । प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने सम्मेलनमा अर्थमन्त्री, उद्योगमन्त्री, सञ्चारमन्त्री, युवा तथा खेलकुदमन्त्री, योजना आयोगका उपाध्यक्ष, उद्योगीहरू उपेन्द्र महतो, चन्द्र ढकाल, भवानी राणालगायत २० भन्दा बढी वक्ता रहने बताइएको छ । सहकार्यबारे सम्मेलन मुल आयोजक कमिटीका संयोजक विशाल गैरे र बैंकका प्रमुखकार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले समझदारी गरेका छन् । बैंकका प्रमुखकार्यकारी अधिकृत श्रेष्ठले पछिल्लो वित्तीय चुनौतीको सामनाका लागि युवालाई आर्थिक क्रियाकलापमा सहभागी गराउदैं स्वदेशमै स्वरोजगारको वातावरण निर्माण गर्नुपर्ने बताए । वाणिज्य बैंकले युवा, महिला, कृषिलगायतका उत्पादनशील क्षेत्रमा लगानी बढाएको र प्राथमिकताका साथ कर्जा प्रवाह गरेको उनको भनाइ छ । नेपाल बिजनेस इन्स्टिच्युट (एनबीआई)का अध्यक्ष समेत रहेका सम्मेलनका संयोजक गैरेले ७० जिल्लाका ५०० युवा उद्यमी शिखर सम्मेलनमा सहभागी हुने जानकारी दिए ।
Tags: