सिप्रदी अटोपार्ट्सका विक्रेतालाई डायनामिक टेक्नोसफ्टको सफ्टवेयर

Image
काठमाडौं – नेपालका लागि टाटा जेन्युइन पार्ट्स र टाटा मोटर्स जेन्युइन आयलको आधिकारिक वितरक सिप्रदी अटोपार्ट्सले आफ्ना खुद्रा विक्रेतालाई सफ्टवेयर उपलब्ध गराउने हेतुले डायनामिक टेक्नोसफ्टसँग सम्झौता गरेको छ । सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका इन्टरनेशनल बिजनेस हेड राकेश मित्तलको उपस्थितिमा सिप्रदीका वरिष्ठ महाप्रबन्धक युवराज बुढाथोकी र डायनामिक टेक्नोसफ्टका निर्देशक सन्दीप केसीले उक्त सम्झौतामा हस्ताक्षर गरेका हुन् । उक्त सम्झौता अनुसार पहिलो चरणमा काठमाडौंका श्रेया मोटर पार्टस्, बिजेता अटो पार्टस्, कालीदेवी सेतीदेवी मोटर पार्टस् र पाँचखाल अटो स्पेयरलाई ईआरपी सफ्टवेयर दिइने भएको हो ।
Tags: