संविधानसभा अध्यक्ष नेम्वाङको अन्तिम बिदाइ (फोटो फिचर)

Image
संविधानसभा अध्यक्ष तथा नेकपा एमालेका उपाध्यक्षको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको छ। नेम्वाङलाई दाहसंस्कार गर्नुअघि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पशुपति आर्यघाटमा राष्ट्रिय झन्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि अर्पण गरेका थिए । यसैगरी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झन्डा ओढाएर नेम्वाङप्रति अन्तिम श्रद्धाञ्जली अर्पण गरेका थिए । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, कांग्रेस सभापति शेरबहादुर देउवा, उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसहित विशिष्ट व्यक्तिहरुले नेम्वाङलाई श्रद्धाञ्जलि व्यक्त गरेका थिए । राजकीय सम्मानका साथ अन्त्येष्टिका लागि नेम्वाङको निवास बालुवाटारबाट शव आर्यघाट ल्याइएको थियो । नेम्वाङको पार्थिव शरीरमा अन्तिम श्रद्धाञ्जलि व्यक्त गर्न आर्यघाटमा एमालेका शीर्ष नेता, सांसद्, कार्यकर्ता, शुभेच्छुक, आफन्त र सर्वसाधारणको बाक्लो सहभागिता रहेको थियो । यही भदौ २६ गते निधन भएका नेम्वाङको अन्त्येष्टि हुने दिन आज सरकारले सार्वजनिक बिदा दिएको छ । (यी तस्वीर राससका लागि रत्न श्रेष्ठ र चन्द्रकला क्षेत्रीले लिएका हुन्)
Tags: