बालेन सबैको बन्नु

Image
-गणेश कार्की प्रतिष्ठित टाइम म्यागेजिनको सय उदीयमान नेताको सूचीमा तपाईको नाम, तपाईको फोटो देख्दा गौरवले छाती एकपटक ढक्क भयो । प्रीय बालेन तपाई र हामी सबैलाई बधाई छ । र, तपाई मेयरमा निर्वाचित भएबाट मेरो मनमा डर गडेर बसेको छ । त्यो डर पोख्ने आज सहि समय हो भन्ने लागेको छ । जहाँसम्म मलाई लाग्छ, यस्तै डर तपाईलाई समर्थन गर्ने हरेकको मनमा पनि छ । डर के हो भने नि, हामीसँग सपना र असिम सम्भावना छन् । ति टुट्लान् कि भन्ने लाग्छ । किनभने नेपाली इतिहासले पटक पटक धेरै सपना र सम्भावना देखाएर पछि फेरि फिस्स पारिदिएको छ । यसबारेमा मेरो आफ्नै धारणा पनि छ, जुन तपाईलाई प्रत्यक्ष भनेको पनि छु र सार्वजनिकरुपमा लेख नै पनि लेखेको छु । संयोगवश समयले कसै–कसैलाई मौका दिन्छ, इतिहास लेख्ने वा लेखिएको इतिहासको अगुवाइ गर्ने । तर त्यही समयले क्रूरतापूर्वक त्यही अगुवाको ल्याकत जाँचिदिन्छ । हैसियतभन्दा बढी रहेछ भने त्यो सबै खोसिदिन्छ । राजनीतिको इतिहासभरि यस्ता उदाहरण बग्रेल्ती छन् । समयले दिएको मौकालाई सदुपयोग गर्न सकेका भए धेरै नेता एउटा गुट, एउटा पार्टी मात्रैको ‘कैद’मा हुँदैनथे । उनीहरू समाजका हुनेथिए । समयका हुनेथिए । सबैका हुने थिए । (रास्वपा केन्द्रीय सदस्य कार्कीको स्टाटसबाट)
Tags: