टाटा जेन्युइन पार्ट्स र टाटा मोटर्स जेन्युइन आयल दराज पाइने 

Image
काठमाडौं – टाटा जेन्युइन पार्ट्स र टाटा मोटर्स जेन्युइन आयल दराजमा पाइने भएको छ । यसको आधिकारिक विक्रेता सिप्रदी अटो पार्ट्स प्रालि र अनलाइन स्टोर दराजबीच सहकार्य गर्ने सम्झौता भएको हो । सिप्रदीका प्रमुख कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठ र टाटा मोटर्सका अन्तरराष्ट्रिय व्यापार प्रमुख राकेश मित्तलको उपस्थितिमा सिप्रदी अटो पार्ट्सका सिनियर प्रबन्ध निर्देशक युवराज बुढाथोकी र दराजका व्यापार अधिग्रहण तथा आवरण प्रमुख नविन रानामगरबीच सम्झौता गरेका छन् । सम्झौता पश्चात् टाटा मोटर्सका ग्राहकले छिटो छरितो र सहज रूपमा टाटा जेन्युइन पार्ट्स तथा टाटा मोटर्स जेन्युइन आयल खरीद गर्न सक्ने कम्पनीको अपेक्षा छ । यसबाट ग्राहक नक्कली पार्टपुर्जाबाट ठगिन पर्ने अवस्था नरहने र उचित मूल्यमा जेन्युइन पार्ट्स प्राप्तगर्न सक्ने कम्पनीको भनाइ छ ।
Tags: