वुलिङ एयर किन्ने हो ? प्रभु बैंकले दिन्छ,८० प्रतिशतसम्म कर्जा  

Image
काठमाडौं –‘वुलिङ एयर इभी’ किन्न प्रभु बैंकले कर्जा दिने भएको छ । नेपालमा वुलिङ एयर ईभीको विक्री गर्दै आएको बज्र ग्रुपअन्तर्गतको ईभी नेपाल मोटर्सले ग्राहकलाई सुविधा दिन प्रभु बैंकसँग सहकार्य गरेको हो । यससम्बन्धी सम्झौतामा मोटर्सका सहायक महाप्रबन्धक नवराज कोइराला र बैंकका चीफ बिजनेश अफिसर रेणुप्रसाद पान्डेले हस्ताक्षर गरेका छन् । वुलिङ एयर ईभी किन्न चाहने ग्राहकलाई बैंकले गाडीको मूल्यको ८० प्रतिशतसम्म कर्जा उपलब्ध गराउने सम्झौतामा उल्लेख छ । २०० र ३०० किलोमिटर रेञ्ज दिने दुई भेरिएन्टमा वुलिङ एयर ईभी उपलब्ध रहेको बताइएको छ । यसको मूल्य क्रमशः २० लाख ९९ हजार र ३० लाख ९९ हजार रुपैयाँ रहेको कम्पनीको भनाइ छ । वुलिङ एयर ईभी फोर सिटर र थ्री डोर ह्याचब्याक हो । अत्याधुनिक उपकरण प्रयोग गरिएको र उकालो तथा ओरालो जस्तोसुकै कठिन सडकमा पनि यसलाई चलाउन सकिने कम्पनीको दाबी छ ।
Tags: