‘सुजुकी पर्वोत्सव अफर’ नाडा अटो शोमा अझ धेरै छूट 

Image
काठमाडौं –सुजुकी कारमा छूट अफर आएको छ । सुजुकीको आधिकारिक विक्रेता तथा सीजी होल्डिङको अटोमोटिभ डिभिजन सीजी मोटोकर्पले दशैं, तिहार ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ ल्याएको हो । यसअन्तर्गत ग्राहकले १ लाख रुपैयाँसम्मको नगद छूट, एक वर्षको सवारी बीमा र १ लाख रुपैयाँसम्मको एक्सचेञ्ज बोनस पाइने छ । कम्पनीले नाडा अटो शोलाई लक्षित गरी शो अवधिभर स्क्र्याच कार्डमार्फत थप १ लाख रुपैयाँसम्मको छूट प्रदान गर्ने बताएको छ । यो योजना सुजुकी गाडीका ३५ओटै सोरूममा लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलका कार बमोजिम फरक फरक छूट सुविधा रहने बताइएको छ । नाडा अटो शोमा सुजुकीका नयाँ एसयूभी जिम्नी, फ्रोन्क्सको साथै सुजुकीका थप एसयूभी ग्रान्ड भितारा रनयाँ ब्रेजा प्रदर्शनीमा रहेको कम्पनीले जानकारी दिएको छ ।
Tags: