दुर्गमलाई जोड्दै एनसेल : कर्णाली र सुदूरपश्चिममा पनि फोरजी सेवा 

Image
काठमाडौं – दूरसञ्चार सेवा प्रदायक एनसेलले कर्णाली र सुदरुपश्चिमका ग्रामिण भेगलाई पनि फोरजीसँग जोडेको छ । मुगु, डोल्पा, हुम्ला र बाजुराका सदरमुकाममा एनसेलको उच्च गतिको मोबाइल ब्रोडब्यान्ड सेवा विस्तार गरेको हो । एनसेल आजियाटा लिमिटेडले आफ्नो सेवा विस्तार अभियानअन्तर्गत यी ठाउँका स्थानीयलाई डिजिटल कनेक्टिभिटी र प्रविधिले प्रदान गर्ने अवसरसँग जोड्दै फोरजी सेवा शुरू गरेको बताएको छ । एनसेलले गत एक महीनामा ठुलीभेरी नगरपालिका (डोल्पा), छायाँनाथ रारा नगरपालिका (मुगु), बडिमालिका नगरपालिका (बाजुरा) र सिमिकोट गाउँपालिका (हुम्ला) मा एक–एक गरी चारओटा फोरजी बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) स्थापना गरेको छ । एनसेलका प्रमुख कार्यकारी अधिकृत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभले कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका सबै जिल्लालाई फोरजीले जोडेको जानकारी दिए । यसले सरकारको डिजिटल नेपालको परिकल्पना र डिजिटल समावेशी समुदायको निर्माणमा योगदान पु¥याउने उनको अपेक्षा छ । देशभरी एनसेलको ४ हजार १०० सयभन्दा बढि फोरजी बीटीएसहरु संचालनमा रहेको बताइएको छ । गत आर्थिक वर्ष २०७९÷८० मा मात्रै एनसेलले देशका विभिन्न भागमा ३३८ नयाँ साइट स्थापना गरेको थियो । त्यसैगरी, एनसेलले ६० भन्दा बढी जिल्लाका झण्डै १ हजार ४५० टावरमा फोरजी क्षमताको स्तरोन्नति गरेको कम्पनीको भनाइ छ ।
Tags: