आजदेखि ‘नाडा अटो शो २०२३’

Image
काठमाडौं – ‘नाडा अटो शो २०२३’ आजबाट काठमाडौंमा सुरु हुँदैछ । भृकुटीमण्डपमा नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालको आयोजनामा हुने अटो शो भदौ ३१ सम्म चल्नेछ । नाडा अटो शोको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिएको छ । अटो शोमा ठूला तथा साना गरी करिव १२० स्टल र ब्लकहरु रहने बताइएको छ । प्रदर्शनीमा प्रख्यात अन्तर्राष्ट्रिय ब्रान्डका सवारी साधन, लुब्रिकेन्ट, टायर, पार्टपुर्जाका साथै राष्ट्रिय ब्रान्डका अटो सामग्री उत्पादक, वस्तु तथा सेवा प्रदायकको सहभागिता रहने छ । प्रदर्शनीमा चार पाङ्ग्रे १६ र दुई पाङ्ग्रे २२ ब्रान्डको सहभागिता रहने छ । ७ ब्रान्डका लाइट कमर्सियल भेइकल, ९ वित्तीय संस्था तथा ३० लुब्रिकेन्ट, टायर, ब्याट्री, पार्टपुर्जा एवं ग्यारेज उपकरण कम्पनीको सहभागिता रहने जनाइएको छ । अटो क्षेत्र चलायमान नभएको बेलामा प्रदर्शनीमा विभिन्न अटोमोबाइल कम्पनीको उत्साहजनक सहभागिताले केही हदसम्म अर्थतन्त्र चलायमान बनाउन सहयोग पुग्ने नाडा अध्यक्ष ध्रुव थापाले जानकारी दिए ।  
Tags: