टाटा मोटर्सको ‘टियागो ईभी’को बुकिङ खुला

Image
काठमाडौं – नेपालका लागि टाटा मोटर्सको आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालिले विद्युतीय गाडी टियागो ईभीको बुकिङ खुला गरेको छ । इच्छुक ग्राहकले अनलाइन https://tatacars.sipradi.com.np/vehicle/bookvehicle/tiago-ev मार्फत नाम दर्ता गराएर वा नेपालभर रहेको टाटा मोटर्सको शोरुममा गएर बुकिङ गर्न सकिने बताइएको छ । टाटा टियागो मंगलवारदेखि शुरू हुने ‘नाडा अटो शो २०२३’ मा आकर्षक शुरुआती मूल्यसहित सार्वजनिक गर्ने कम्पनीले जानकारी दिएको छ । टाटा टियागो ईभी भारतमा ह्याचब्याक सेगमेन्टको पहिलो सबैभन्दा रुचाइएको ईभी भएको कम्पनीको दाबी छ ।नेपाली ग्राहकको बदलिँदो आकांक्षा एवं जीवनशैलीसँग यसले मेल खाने कम्पनीको अपेक्षा छ । यो गाडीमा स्पोर्ट र सिटी ड्राइभ मोड सहित अटोमेटिक ड्राइभ सिस्टम रहेको बताइएको छ । सीसीएस–२ चार्जिङ सिस्टम रहेको गाडीको एमईडिसी रेञ्ज ३१५ रहेको र नेपाली बाटोमा २५० किलोमिटरसम्मको रेन्ज दिने अनुमान गरिएको छ । अहिलेको समयमा टाटा मोटर्स का अत्याधिक रुचाइएका ईभीले नेपाली बजारबाट राम्रो प्रतिक्रिया प्राप्त गर्दै कम्पनीले पनि आफ्नो उत्पादनहरु का साथै ग्राहक सेवालाई पनि उत्कृष्ट बनाउंदै आइरहेको जानकारी दिएको छ । नेपालकै पहिलो, ठुलो र फैलिएको २१ स्थानमा फास्ट चार्जिंग स्टेशन देखि उच्चस्तरिय २३ स्थानमा सिप्रदीका सर्भिस सेन्टरको विस्तार भईसकेको र आउने दिनहरुको लागि पनि अझ मद्दत पुग्ने गरि यो वर्ष चार्जिंग स्टेशन देखि सर्भिस स्टेशन लाई नेपालको विभिन्न भूभागमा फैलाउने योजना छ । यो सँगसँंगै जनशक्ति को दक्षतालाई अझै मजबूत गर्न ईभी लर्निङ्ग सेन्टर तथा ट्रेणिङ्ग सेन्टरको थप निर्माण गर्ने कम्पनीको योजना छन् ।    
Tags: