बीवाईडी डल्फिनको भिडियो खिच्नुहोस्, १ लाख जित्नुहोस्

Image
काठमाडौं– बाटोमा हिँडिरहेको गाडीको भिडियो खिँच्दा नि लाख रुपैयाँ पुरस्कार पाइन्छ ? पाइन्छ । नेपालका लागि बीवाईडी गाडीको आधिकारिक विक्रेता साइमेक्स इंकले ‘स्पट द डल्फिन अन द रोड’ अभियान घोषणा गरेको छ । सोमवारसम्म चल्ने उक्त अभियान अन्तर्गत ‘बीवाईडी डल्फिन’सँग भिडियो बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गर्नुपर्ने बताइएको छ । भदौ २६ गतेदेखि हुने ‘नाडा अटो शो’मा सार्वजनिक गर्ने तयारी गरिएको बीवाईडी डल्फिन अहिले काठमाडौंका सडकमा गुडाइँदै आएको बताइएको छ । सडकमा गुडिरहेको बीवाईडी डल्फिनको भिडियो बनाएर फेसबुक, इन्स्ट्राग्राम वा टिकटकमा सार्वजनिक गर्दा १ लाख रुपैयाँसम्म जित्ने मौका पाइने कम्पनीले जानकारी दिएको छ । काठमाडौंका सडकमा बीवाईडी डल्फिन भेट्नेबारे बीवाईडीको फेसबुक पेजमार्फत जानकारी लिन सकिने कम्पनीको भनाइ छ ।
Tags: