गोसाइकुण्ड यात्राका कथा

Image
जयदेश श्रेष्ठ भनिन्छ नि, ‘मान्छेले चिताएपछि नपुग्ने केही छैन’ । हामी हिन्दू धर्ममा आस्था राख्नेको एउटा सपना हुन्छ, ‘जिन्दगीमा एक पटक गोसाइकुण्ड पुगुँ ।’ मैले गरेको प्रस्तावमा दुई साथी जेन कुमार लामा , केदार बुढाथोकी पनि सहमत भए । हामी तीन जना यस पटक जीवनमा एक पटक पुग्नै पर्ने ठाउँ भनेर मनमा रहेको इच्छालाई यस पटक यथार्थमा परिणत गर्न सफल भयौं । धेरैलाई लाग्न सक्छ ,गोसाइकुण्ड पुग्ने कसरी ? उमेरले होइन मानसिक ऊर्जा बलले गोसाइकुण्ड पुग्न सकिन्छ । बुढ्यौलीका ७५ वर्षीय बुढाबुढी सहज तरिकाले पुगिएको पनि देखियो । २१ वर्षीय युवा लेक लागेर छट्पटिएको पनि देखियो । एकपटक गएका कुरा सुनेर, यु ट्युबमा भएको भिडियो हेरेर, लेखहरू पढेर मानिसलाई यो ठाउँ एक पटक पुगौँ भन्ने चाहना राखेको पाइयो । वर्ष वर्षमा पुगेर आफ्नो १० ,१२ पटकको तीर्थ यात्रा भन्दै सकुञ्जेल गोसाइकुण्ड जान्छु भन्ने धेरै तिर्थयात्रु भेटियो । इच्छा चाहना भएर मात्र नसक्ने जोखिम पूर्ण गोसाइकुण्ड यात्रा सफल भए पछि अपार आनन्द प्राप्ति पक्कै हुन्छ ।
जति जति उकालो लाग्यो मूल्यसूची उति बढ्दै जाने रहेछ । घट्टेखोलामा कालो चिया २५ र प्रति व्यक्ति सुत्ने बेडको भाडा २५० थियो । गोसाइकुण्डमा पुग्दा सोही चियाको ८० रुपियाँ र बेड भाडा १ हजार रुपैयाँसम्म तय गरिएको छ ।
एक तीर्थयात्री नेवारनी महिलाले सुनाउँदै थिइन्, ‘न्हाप न्हाप शिलु धायगु : सित वनेगु थाय ख : । ( पहिले पहिले गोसाइकुण्ड भनेको मर्न जाने ठाउँ हो ) । अहिले व्यवस्थापन सहज छ तर पनि प्रकृतिको देन उकालो चढ्दा लेक लागेपछि जस्तै मान्छे पनि बिरामी पर्न सक्छ । निश्चित समयमा विस्तारै विस्तारै यात्रालाई निरन्तरता दिने हो भने यात्रा सहज हुनसक्छ । आफ्नो स्वास्थ र शारीरिकस्थितिमा ध्यान दिनु पर्ने हुन्छ । खान बस्नको लागि व्यापारिक ठाउँ अनुसारको होटेल पसलहरू राखेका छन् । स्थानीय सरकार , प्रशासन , सुरक्षा व्यवस्थापनले यात्रुको सहजताको लागि कुन ठाउँबाट कति समयमा अर्को ठाउँ पुग्न सकिन्छ, हरेक ठाउँको प्राकृतिक जानकारीसहित होटलमा निर्धारण गरेको मूल्यसूची राखिएको छ । तल घट्टेखोलादेखि गोसाइकुण्डस्थानसम्म भक्तजनलाई परामर्शसहित सुरक्षाको जानकारी, सहयोगी फोन नंम्बर, धुन्चे बजारबाट प्रहरी नै सुरक्षा दिने गरेका रहेछन् । जति जति उकालो लाग्यो मूल्यसूची उति बढ्दै जाने रहेछ । घट्टेखोलामा कालो चिया २५ र प्रति व्यक्ति सुत्ने बेडको भाडा २५० थियो । गोसाइकुण्डमा पुग्दा सोही चियाको ८० रुपियाँ र बेड भाडा १ हजार रुपैयाँसम्म तय गरिएको छ । व्यापारीले ग्राहकलाई पैसाभन्दा पनि सुत्नबस्न, खान पाउनु नै ठूलाो कुरा हो भनेर भक्तजनको भीडमा हाकाहाकी भाउ बढाउन नसके पनि खाना र सुत्नको प्याकेजमा अलि बढी पैसा असुल्न खोजेको पाइयो । मेलाको भीडमा सबैलाई खान बस्न पाइने हो की होइन भन्ने चिन्ता लाग्दछ । तर अहिले प्लास्टिकको पालको व्यवस्थापनले त्यसमा पनि खासै चिन्ता गर्नुपर्ने देखिएन। दर्शन गर्न गएका दर्शनार्थी यात्रामै किन बाझ्नु भनेर होला, होटलमा केही पैसा बढी लिए पनि ग्राहक व्यापारी बिच पैसाको लागी भनाभन र त्यति सारो बार्गेनिङ गरिएको पाइएन । मिठो नमिठो जे भए पनि ग्राहकलाई पेट भरी खान दिने तामाङ शेर्पा जातीहरूमा अन्य मेलाहरूमा झैँ ग्राहक फकाएर लुट्ने परिपाटी गुनासो यहाँ कमैले मात्र गरिएको पाइयो । सबै जसो तीर्थयात्रीले भन्ने गरेका छन् , ‘धन्य , यस्तो ठाउँमा पसल खोलेर गरेको दुखको मूल्य त सबैले तिर्नै पर्छ।’
प्रकृतिको अनुपम सुन्दरता बोकेको गोसाइकुण्डमा दर्शनार्थीको चापले प्रकृतिको सुन्दरतामा विनाश हुनुका साथै मानिसले गरेको फोहरबाट कुण्ड प्रदूषित भएको देखिन्छ । मानिसको बाहुबलभन्दा बाहिरको शक्ति यस कुण्डमा पुग्न हेलिकप्टरको सुविधा भए पनि दुःख कष्टका साथ उक्त क्षेत्र हिँडेरै पुग्नेको संख्या उल्लेख्य छ ।
धार्मिक आस्था वा प्राकृतिकको सम्पदा दुवै आस्थाले गएका यात्रीहरूमा जस्तोसुकै दुःख कष्ट भोगे पनि जब गोसाइकुण्डको ताल आफ्नो आँखाले देख्दछ । एउटा सुत्केरी आमाले पहिलो पटक आफ्नो शिशु काखमा पाउँदा आफ्नो सबै दुःख कष्ट भुले झैँ प्रत्येक दर्शालुले महसुस गर्ने गोसाइकुण्ड ताल देखेर आफ्नो सबै दुःख कष्टको पीडा भुल्ने गर्दछ । पहाडको टाकुरा हिमालको फेदीमा रहेको अनेकौं कुण्डहरू मध्ये ૪३८० मिटरको उचाइमा रहेको धार्मिक आस्थाको गोसाइकुण्ड आकर्षक छ । ६ महिना हिउँले ढाक्ने, मनोरम धार्मिक महत्वको कुण्ड हो । महादेवले निलकण्ठ विष सेवन गर्दाको पीडामा आफ्नो त्रिशूलको बज्रबाट तिनधारा पानीको मुहान उत्पत्ति गराएको विश्वास छ । अहिले पनि गोसाइकुण्डमा धेरै भक्तजनहरूले महादेव आकृती देखेको दाबी गर्दछन् । त्रिशूलबाट उत्पत्ति भएको पानी त्रिशूली नदीको मुहानको रूपमा मानिन्छ । प्रकृतिको अनुपम सुन्दरता बोकेको गोसाइकुण्डमा दर्शनार्थीको चापले प्रकृतिको सुन्दरतामा विनाश हुनुका साथै मानिसले गरेको फोहरबाट कुण्ड प्रदूषित भएको देखिन्छ । मानिसको बाहुबलभन्दा बाहिरको शक्ति यस कुण्डमा पुग्न हेलिकप्टरको सुविधा भए पनि दुःख कष्टका साथ उक्त क्षेत्र हिँडेरै पुग्नेको संख्या उल्लेख्य छ । पैदलमार्गको विकल्प यातायात र केबुलकारको योजना रहेको होला तर मानिसहरू आफ्नो पाउ कष्टले गरेको यात्रा भने जीवनमा अविस्मरणीय हुन्छ । कमजोर यात्रु घोडाको प्रयोग गरेर गोसाइकुण्ड पुगेका छन् । कोही असक्त भएर यात्रा सफल हुन सकेन भने घट्टेकुलो फेदीमा सानो गोसाइकुण्डको स्थापना गरेको छ । सोही स्थानमा दर्शन गरेर तिर्थयात्री आफ्नो यात्रा सफल भएको भनेर चित्त बुझाउने गर्दछन् । अहिलेको मौसममा भने गोसाइकुण्ड ताल बाहेक, मनोरम हिमाल, रङ्गीचङ्गी गुराँस फुलेको देख्न पाइएन । लामटाङ राष्ट्रिय निकुञ्ज भएर पनि कुनै जनावर , पंक्षी र चौँरी पनि हेर्न पाइएन । गोसाइकुण्ड यात्रा वर्षामा पानी पर्ने जाडोमा हिउँ पर्ने हुँदा आफ्नो चाहना अनुसारको उचित समयलाई प्राथमिकता दिनुपर्दछ । नेपालमा भएको अनेकौं देव देवीको मन्दिरमा मान्छेको घुइँचो देखिन्छ । प्राकृतिक सम्पदाको तालमा धार्मिक ऐतिहासिक गाथा बोकेको यस गोसाइकुण्डको बारेमा अनेकौं किम्बदन्ति पाइन्छ । विशेषतः नेवार, तामाङ समुदायको धार्मिक तीर्थस्थल गोसाइकुण्डमा अन्य जातजाति यस पुण्यभूमिमा दर्शनको लागि गएको पाइन्छ। धेरै वर्ष पहिले बनेको नेवारी फिल्म ‘शिलु’ निकै चर्चामा आएको थियो । श्रीमान् श्रीमती एक साथ गोसाइकुण्ड जान हुँदैन भन्ने कथावस्तुमा धार्मिक आस्थाको कुरा नमानेर यात्रा गरेको हुँदा स्थानीय शेर्पा जातिको शेर्पा जातिको समुदायले नायिकालाई अपहरण गरेको हुँदा श्रीमान् श्रीमतीले दुःख पाएको घटना फिल्ममा देख्न पाउँछौ भने अहिले स्थानीय मानिसहरू आ आफ्नो व्यापार , व्यवसायी चलोस् भनेर तिर्थयात्रीमा सहयोगी भएको देख्न पाउँछौ । आजभोली श्रीमान श्रीमती साथमा गएको धेरै जोडीहरु देख्न सकिन्छ । पहिले पहिले गोसाइकुण्ड जाँदा आफ्नो समूहका साथी बिरामी पर्दा अस्वस्थ हुँदा बाध्यताले साथीले छोडेर आउने गरेको र उक्त चिसो ठाउँमा अकालमै ज्यान गुमाउन पथ्र्यो । कोही भने साथीहरूले छोडेर माया मारेर गएको व्यक्तिहरू पनि बाँचेर फर्केर आएको गोसाइकुण्डको यात्रा इतिहास पढ्न पाउँछौ ।    
Tags: