काठमाडौंको मन जितेको पोखरेली नाटक ‘आतुरकाल’

Image
काठमाडौं– काठमाडौंको रसियन हाउसमा पोखराको इन्द्रेणी थियटरले नाटक ‘आतुरकाल’ मञ्चन गरिरहेको छ । रसियन हाउस र गण्डकी प्रज्ञा प्रतिष्ठानको संयुक्त आयोजनामा यहि भाद्र बिहीवार र शुक्रवार नाटक मञ्चन भएको हो । नाटकका लेखक केदारनाथ पौडेलले नाटक गण्डक क्षेत्रलाई केन्द्र बनाएर लेखिएको नाटक बताए । नाटकका निर्देशक हुन् कपिल शर्माले नेपाल र नेपाली समाज भित्र भिन्नभिन्न रितिरिवाज, धर्म, संस्कार, संस्कृति, चालचलन र आ–आफ्नै सभ्यता रहेको र एउटा मान्छे जन्मेपछि उसले मृत्युवरण गर्ने बेलासम्म अनेकन अप्ठ्यारा परिस्थितिहरूको सामना गर्नुपर्छ भन्ने कुरा नाटकमा देखाइएको बताए । ’आफ्ना संस्कार, चालचलनले कसरी पिरोल्छ। एउटा सन्तान÷एउटा बाबु÷एउटी आमाले आफ्नो कर्तव्य निर्वाह गर्नका लागि कयौं त्याग गर्नुपर्छ। समग्र रूपमा भन्नुपर्दा ‘आतुरकाल’ एउटा मान्छेको जीवन चक्र हो’, उनले नाटक बारे भने। उक्त नाटकमा लक्षमण डुम्रे,सितला अधिकारी, अर्जुन गुरुङ,प्रियङ्का खड्का ,रामहरि अधिकारी,पवन वि.क.ले अभिनय गरेका छन् भने संगीत तथा गायन शिवहरि अर्याल र विनोद पौडेलको रहेको छ। प्रकाश संयोजन दिपेन्द्र पौडेलले गरेका छन्। सेट र कन्सेप्ट डिजाइन लेखक पौडेलको रहेको छ। यो नाटक यसअघि २०७९ फाल्गुन ५ देखी ११ गते सम्म पोखरा स्थित गन्धर्व नाटकघरमा मञ्चन गरेको थियो।  
Tags: