हुन्डाईको ‘फेष्टिभ डिलाइट २०८०’ योजना

Image
काठमाडौं – नेपालका लागि हुन्डाई गाडीको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले दशैं तिहार लक्षित ‘फेष्टिभ डिलाईट २०८०’ योजना सार्वजनिक गरेको छ । दशैं तिहार विशेष र हर्षोल्लासपूर्ण बनाउन कम्पनीले लक्की ड्रमार्फत हुन्डाई एसयूभी जित्न सकिने योजना ल्याएको हो । यो योजनाअन्तर्गत कुनैपनि हुन्डाई गाडीको खरीदमा रू. ६ लाखसम्मको नगद छूट, स्क्र्याच कार्डमार्फत थप रू. १ लाखसम्मको नगद छूटका साथै एक वर्षको लागि निःशुल्क सवारी बीमा तथा सवारी कर सुविधा पनि प्राप्त गर्न सकिनेछ । बिहीवार देखि शुरू भएको यो योजनामा नाडा अटो शोमा गाडी खरीद गर्ने खरीदकर्ता समेत सहभागी हुनसक्ने कम्पनीको भनाइ छ ।
Tags: