फोनपेबाट भारतमा पनि भुक्तानी 

Image
फोनपेबाट भारतमा पनि भुक्तानी काठमाडौं – नेपालको भुक्तानी सेवा प्रदायक फोनपे र भारतको नेशनल पेमेन्ट्स कर्पोरेशन अफ इन्डिया (एनपीसीआई)को अन्तरराष्ट्रिय शाखा एनआईपीएलबीच सम्झौता भएको छ । सम्झौताअनुसार दुई कम्पनीले नेपाल र भारतबीच पहिलो क्रस बोर्डर क्यूआर भुक्तानी सेवा शुरू गर्नेछन् । फोनपे र एनआईपीएलबीचको सहकार्यसँगै यी दुई नेटवर्कमा आबद्ध मोबाइल एप प्रयोग गरेर पसलहरूमा क्यूआर कोडमार्फत सुरक्षित र सहज रूपमा भुक्तानी गर्न सकिने भएको हो । उक्त सेवाको लागि दुवै कम्पनीले सञ्चालन तयारी पूरा गरिसकेको जानकारी दिएका छन् । प्राविधिक एकीकरण पश्चात् यी दुई कम्पनीले आफ्नो नेटवर्कमा आबद्ध सदस्यलाई सेवा प्रदान गर्न सक्षम हुने बताइएको छ । फोनपेका अध्यक्ष विश्वास ढकालले यो साझेदारी नेपाल र भारतबीचको वित्तीय सम्पर्क अभिवृद्धि गर्ने दिशामा महत्वपूर्ण रहेको बताए ।
Tags: