टीभीएसको इलेक्ट्रिक स्कुटर आईक्यूब सार्वजनिक हुँदै

Image
काठमाडौं – नेपालको लागि टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले भदौ २६ देखि हुने नाडा अटो शोमा इलेक्ट्रिक स्कुटर टीभीएस आईक्यूब सार्वजनिक गर्ने भएको छ । कार्यसम्पादन र व्यावहारिकता दुवैलाई ध्यानमा राखेर डिजाइन गरिएको यस विद्युतीय स्कुटरले नेपालीको दैनिक आवतजावतलाई थप सहज बनाउने कम्पनीको विश्वास छ । जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले टीभीएस आईक्यूब इलेक्ट्रिक स्कुटरले पर्यावरण र कुशल शहरी गतिशीलताप्रति हाम्रो प्रतिबद्धतालाई प्रतिनिधित्व गर्ने बताए । ‘आकर्षक मूल्यमा कार्बनरहित भविष्य सुनिश्चित गर्दै आधुनिक शहरका सचेत नागरिकका लागि नवीनतम् विकल्प प्रदान गर्ने उद्देश्यले टीभीएस आईक्युब नेपाली बजारमा ल्याएका हौं,’ उनले भने । ३ किलोवाटको बलियो बीएलडीसी हब मोटरको प्रयोग गरिएको यस स्कुटरका पर्फर्मेन्स उत्कृष्ट रहेको कम्पनीले जानकारी दिएको छ । यस स्कुटरको टप स्पिड ७८ किलोमिटर प्रतिघण्टा रहेको बताइएको छ । यसमा भएको ३ दशमलव शून्य ४ केडबल्यूएच लिथियम–आयन ब्याट्रीले एक चार्जमा ७५ देखि १०० किलोमिटरसम्मको रेन्ज प्रदान गर्ने बताइएको छ ।
Tags: