यामाहा नेपालको ‘राइड टु मोटो जीपी’

Image
काठमाडौं - यामाहा नेपालले ‘राइड टु मोटो जीपी’ इभेन्टको घोषणा गरेको छ । यामाहा नेपालले १० जना यामाहा राइडरलाई आठदिने मोटरसाइकल यात्रामा काठमाडौंदेखि बुद्ध इन्टरनेशनल सर्किट, नोएडासम्म मोटो जीपी हेर्न भारत लैजाने भएको हो । यात्रा २०२३ सेप्टेम्बर २० मा काठमाडौंको नक्सालमा रहेको ब्लू स्क्वायरबाट शुरू भएर मोटो जिपीको प्रत्यक्ष अवलोकन गरी काठमाडौं फर्कने योजना छ । छानिएका यामाहा राइडरले मोटोजीपी इन्डियामा अभ्यास सत्र, क्वालिफायर हुँदै रेससम्मको अवलोकन गर्नेछन् । मोटो जीपी भारतमा सेम्टेम्बर २२ देखि २४ सम्म हुँदै छ ।
Tags: