मुगुमा गौहत्याविरुद्ध वृहत् शान्ति पदयात्रा

Image
मुगु – मुगुमा सोमवार गौहत्याविरुद्ध वृहत् शान्ति पदयात्रा निकालिएको छ । अन्तरराष्ट्रिय विश्व हिन्दु महासंघ जिल्ला कार्यसमिति मुगु, सनातन हिन्दुधर्म महासंघको जिल्ला कार्यसमिति मुगु, ओम सत्य साईराम महासंघ जिल्ला कार्यसमिति मुगु र नारी उत्थान तथा सचेतना केन्द्र मुगुको आयोजनामा उक्त वृहद शान्ति पदयात्रा निकालिएको हो । उक्त पदयात्रामा छायाँनाथ रारा नगरपालिका विभिन्न वडा तथा गाउँगाउँबाट बैदिकसनातन हिन्दु तथा आध्यात्मिक धार्मीक र धामी सम्प्रादय लगायतको सयौको सहभागिता रहेको थियो । हिन्दुराष्ट कायम गर, गौहत्या गर्नेलाई कारवाही गर, सम्पुर्ण सनातनी एक होऔँ, जातिय द्धन्द बन्द गर जस्ता विभिन्न नारासहित जिल्लाको सदरमुकाम गमगढी बजारमा परिक्रमा गरिएको थियो ।  
Tags: