सुन बढेर प्रतितोला एक लाख १३ हजार रुपैयाँमा कारोबार

Image
काठमाडौं । साताको दोस्रो दिन पनि सुनको भाउमा  बढेको  छ । भदौ १८ गते, सोमबार सुन तोलामा ४०० रुपैयाँले महंगिएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  आज छापावाल सुन प्रतितोला एक लाख १३ हजार रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै , तेजाबी सुन प्रतितोला एक लाख १२ हजार ४५० रुपैयाँ पुगेको छ । आइतबार पनि सुनको भाउ बढोत्तरी भएको थियो । हिजो सुन तोलामा १०० रुपैयाँले उकालो लाग्दा प्रतितोला एक लाख १२ हजार ६०० रुपैयाँमा खरिदबिक्री भएको थियो । सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले उकालो लाग्दा प्रतितोला एक हजार ४६५ रुपैयाँमा किनबेच हुँदैछ ।
Tags: