एनआई सी एशिया ‘फुटसल कप २०२३’मा झण्डै ४ हजार कर्मचारी सहभागी

Image
काठमाडौं– एनआई सी एशिया ‘फुटसल कप २०२३’ सम्पन्न भएको छ। एनआईसी एशिया बैंकले आयोजना गरेको प्रतियोगिता सम्पन्न भएको हो। कर्मचारीहरूबीच टिमवर्क, नेतृत्व विकास तथा स्वस्थप्रतिस्पर्धा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा प्रत्यक्ष र अप्रत्यक्ष गरी ३ हजार ९०० जनाको सहभागिता रहेको बैंकले जानकारी दिएको छ। प्रतियोगितामा सातै प्रदेशबाट पुरुषका २० टिम तथा महिलाका १५ महिला टिमको सहभागिता थियो। प्रतियोगिताको फाइनल खेल काठमाडौँस्थित धन्यन्तरी फुटसल ग्राउण्डमा भएको थियो। फाइनलमा पुरुषतर्फ बैंकको रजिष्टर्ड अफिस टिम बिजेता र डिजिटल पेमेन्ट इकोसिष्टम टिम उपबिजेता बने। त्यस्तै महिलातर्फ इमेज एक्पेरियन्स म्यानेजमेन्ट इन्फोर्समेन्ट टिम बिजेता र सुदुरपश्चिम प्रदेश बी टिम उपबिजेता बन्यो। खेल अवधिभर उत्कृष्ट खेल्ने महिलातर्फ सुदुरपश्चिम प्रदेश बीकी रक्षा शाही र पुरुषतर्फ डिजिटल पेमेन्ट इकोसिष्टम टिमका विवेक चौधरी छनोट भएका छन्। त्यसैगरी उत्कृष्ट गोलकिपरतर्फ इमेज एक्पेरियन्स म्यानेजमेन्ट इन्फोर्समेन्टकी सोना थापा र रजिष्टर्ड अफिसका मञ्जित कार्की रहेका छन्। त्यस्तै उच्च स्कोररतर्फ कर्णाली प्रदेशकी उर्मिला चौधरी र रजिष्टर्ड अफिसका ठाकुर श्रेष्ठ रहेका छन्। प्रतियोगिताका बिजेता, उपबिजेता, उत्कृष्ट गोलकिपर, सर्वाधिक गोलकर्ताहरूलाई ट्रफी, मेडल र प्रमाणपत्रसहित सम्मान गरिएको छ।
Tags: