शाइन रेसुङ्गाको ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर

Image
काठमाडौं– शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कनेक्ट आईपीएससँगको सहकार्यमा मोबाइल बैंकिङ प्रयोगकर्ताका लागि ‘फन्ड ट्रान्सफरमा मोबाइल फोन हातमा’ अफर सार्वजनिक गरेको छ। यो अफरअन्तर्गत दुई जना मोबाइल बैंकिङका प्रयोगकर्ताले एउटा स्मार्टफोन जित्न सक्नेछन्। अफरमा सहभागी हुनको लागि बैंकको एपबाट कनेक्ट आईपीएस छनोट गरी ‘फन्ड ट्रान्सफर’ गर्नुपर्ने हुन्छ। भदौ १५ गते सुरु भएको योजना असोज १४ गतेसम्म लागू हुनेछ। यो अवधि सकिएपछि विजेता छनोट हुने बैंकले जनाएको छ। हाल मोबाइल बैंकिङमा रहेको कनेक्ट आईपीएसमार्फत प्रतिदिन ३ लाख रुपैयाँसम्म रकमान्तर गर्न सकिन्छ। शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकका ३ लाखभन्दा बढी मोबाइल बैंकिङ प्रयोगकर्ता छन्। बैंकले ८८ वटा शाखा कार्यालय, १ एक्सटेन्सन काउन्टर र १६ वटा एटीएममार्फत सेवा दिँदै आएको छ।  
Tags: