कामपा–३ मा सामाजिक सुरक्षा भत्ता नवीकरण भदौभित्र

Image
काठमाडौं–काठमाडौं महानगरपालिका–३ वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता नवीकरणका लागि सूचना जारी गरेको छ । वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता बुझ्दै आएका जेष्ठ नागरिक, विधवा, दलित जेष्ठ नागरिक, पूर्णअपाङ्ग, आंशिक अपाङ्ग, दलित बालबालिका र जेष्ठ एकल महिलालाई आगामी भदौ मसान्तभित्र नवीकरणका लागि आग्रह गरेको हो । नवीकरणका लागि नागरिकताको प्रमाण पत्रको फोटोकपी १ प्रति, भत्ता कार्डको फोटोकपी १ प्रति, अपाङ्गको हकमा अपाङ्गताको कार्डको फोटोकपी १ प्रति, एकल महिलाको हकमा मृत्यूदर्ताको प्रमाणपत्रको फोटोकपी १ प्रति, फोटो १ प्रति आवश्यक पर्ने बताइएको हो ।
Tags: