इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी प्रमुख रानालाई स्वागत 

Image
सुरेश छन्त्याल/बागलुङ गलकोट नगरपालिका–१० वडा कार्यालय पाण्डवखानीमा इलाका प्रहरी कार्यालय हरिचौरका प्रहरी प्रमुख थमनसिह रानालाई स्वागत गरिएको छ । स्वागत कार्यक्रममा उनको सफल कार्यकालको शुभकामनासँगै केही सुझाव समेत राखिएको थियो । त्यस्तै पाण्डवखानी माध्यामिक विद्यालयमा समुदाय प्रहरी साझेदारी कार्यक्रममार्फत कक्षा ९,१०, ११, र १२ का विद्यार्थीलाई इलाका प्रहरी कार्यालय प्रमुख रानामार्फत अपराध, हिंसा, साइबर क्राइम, बाल यौन दुर्ववहार, लागुऔषध, बालश्रम, बालविवाह, ट्राफिक संकेत सम्बन्धी प्रशिक्षण गरिएको थियो । कार्यक्रममा वडा अध्यक्ष भक्तहादुर काउचा, निवर्तमान वडा अध्यक्ष तिलक घर्ती, समाजसेवी मानसिह छन्त्याल, राधिका पुन, धनबहादुर सुनार, रामप्रसाद वि.क वडा सचिव ठाकुर तिमिल्सिना, पत्रकार सुरेश छन्त्याल लगाएतको सहभागिता थियो ।
Tags: