यूईएससीका विद्यार्थीलाई जापानमा इन्टर्नशीप

Image
काठमाडौं – काठमाडौंको युनिभर्सल इन्जिनियरिङ्ग एण्ड साइन्स कलेज(यूईएससी) र जापानको प्रतिष्ठित इन्जिनियरिङ्ग कम्पनी आइएमएसी इन्जिनिरिङ्ग प्रालिबीच समझदारी पत्रमा हस्ताक्षर भएको छ । यूईएससीका विद्यार्थीलाई जापानमा व्यवसायिक शिक्षा र प्रशिक्षण तथा व्यावसायिक क्षमता अभिवृद्धिका लागि सम्झौता सहयोगी हुने यूईएससीका अध्यक्ष पूर्णभद्र अर्यालले जानकारी दिए । सम्झौता अध्यक्ष अर्याल, आइएमसीका अध्यक्ष योसिहितो यामागुचीको उपस्थितिमा यूईएससीका प्रिन्सिपल ई.डा. भेषराज थापा र आइएमसीका निर्देशक मासाकी ओसास्कीले हस्ताक्षर गरेका हुन् । यो रणनीतिक साझेदारीबाट विद्यार्थीका लागि व्यावहारिक शिक्षा र प्रशिक्षणका लागि लाभ हुने कलेजको अपेक्षा छ । जापानमा कम्तिमा ३ वर्षको अन द जव ट्रेनिङ तथा व्यावहारिक अनुभवलाइ विशेष महत्व दिइने भएका कारण पनि यो सम्झौता प्रभावकारी रहने बताइएको छ । ‘यो सहकार्य मार्फत नेपाल तथा जापान विचको सम्वन्धमा मितव्ययिता आउनुका साथै शैक्षिक र व्यावसायिक प्रर्वद्धनमा समेत महत्वपुर्ण कोशेढुङ्गा सावित हुने अपेक्षा गरिएको छ साथै विद्यार्थीहरुको भविष्य निर्माणमा यो सम्झौता अत्यन्तै महत्वुपुर्ण रहने विश्वास छ,’ अध्यक्ष अर्यालले भने ।  
Tags: