सेजन अध्यक्षमा सुजन ओली निर्वाचित

Image
काठमाडौं– नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा सुजन ओली निर्वाचित भएका छन् । सेजनको शनिवार काठमाडौंमा सम्पन्न २५ औं वार्षिक साधारणसभा तथा अधिवेशनबाट ओलीको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको हो । ओलीले ९९ भोट पाउँदा निकटतम प्रतिद्वन्दी शिरोमणी ढुङ्गानाले ९६ मत प्राप्त गरेका थिए । साधारणसभाले उपाध्यक्षमा विनय वञ्जरा निर्वाचित भएका छन् । वञ्जाराले १३५ मत ल्याएर निर्वाचित भएका हुन् । प्रत्यासी भागवत भट्टराईले ११५ मत प्राप्त गरेका छन् । यसैगरी सेजनको महासचिवमा विश्वास रेग्मी निर्विरोध निर्वाचित भएका छन्। सचिवमा सोभित थपलिया निर्वाचित भएका छन्। थपलियाले १०६ मत पाएका थिए । कोषाध्यक्षमा अच्युत पुरी निर्वाचित भएका छन् । सेजन सदस्यहरूमा केशु लामिछाने १८८ मत, हेमन्त जोशी १७९, ममता थापा १५६, छवि सापकोटा १२८, वसन्तराज उप्रेती १४५ मत सहित निर्वाचित भएका छन् । सेजनको निर्वाचनमा कुल २७१ मध्ये २५२ मत खसेको थियो ।
Tags: