पत्रकारिता परीक्षणमा छ : अर्थमन्त्री 

Image
काठमाडौं - अर्थमन्त्री डा. प्रकाशशरण महतले राजनीति जस्तै पत्रकारिता पनि परीक्षणमा रहेको बताएका छन् । शनिवार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २५औं वार्षिक साधारणसभामा उनले नागरिकलाई सुसूचित गर्नको लागि पत्रकारिता ले सहयोग गरेको र अहिले अवस्थामा झनै सक्रियता आवश्यक रहेको बताए । उनले प्रविधिको विकाससँगै नागरिक सुसूचित हुने क्रम बढे पनि यसको सदुपयोग र दुरुपयोग भएको दुवै भएको बताए । पत्रकारितालाई व्यावसायिक बनाउन आवस्यक रहेको उनले बताए । अरु क्षेत्र जस्तै पत्रकारले पनि जिम्मेवारी भएर काम गर्नुपर्ने उनको भनाइ छ ।   अर्थमन्त्री महतले आफू राजनीति भन्दा अरु अर्थतन्त्रका विषय मा बढी चिन्तित भएको बताए । अहिले अर्थतन्त्रका विषयमा धेरै नकारात्मक चर्चा भए पनि बढी निराशावादी हुनु नपर्ने उनको भनाइ थियो। सकारात्मक छलफलमा पत्रकारिताले नेतृत्व गर्नुपर्ने बताए । उनले अर्थान्त्रमा समस्या रहेको र त्यसको समाधानको लागि सक्रियता को आवश्यकता रहेको उनको भनाइ छ । राज्यले लय मा रहेर काम गर्न नसक्दा समस्या आएको उनले बताए । सबैलेस्थिति खराब छ भन्ने मान्यता बढी छ । जोखिम न्यूनीकरण को लागि सरकारले निरन्तर प्रयास गरेको छ भन्दै आर्थिक क्षेत्रमा देखिएका नीतिगत समस्यालाई सम्बन्धित निकायले महसुस गरी त्यसलाई सुधारेर लैजाने काम गरिरहेको उनको भनाइ छ । राष्ट्र बैंकको निर्देशनले समस्यामा परेको व्यवसायी को गुनासो रहेको र त्यसलाई समाधान गर्न सरकार निरन्तर संवाद मा रहेको बताए ।
Tags: